०३ बैशाख २०८२, बुधबार

बारामा अवैधरुपमा गरिएको गाँजा खेती नष्ट

बारा । बारा प्रहरीले ९ बिगाह खेतमा लगाएको अवैध गाँजा खेती फँडानी तथा नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यलय मातहत प्रहरी ईकाइ कार्यालयहरूबाट खटीएका प्रहरी टोलीले गाँजा खेती फँडानी तथा नष्ट गरेको हो ।

ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटीएकोे प्रहरी टोलीले जीतपुर सिमरा उपमहानगरपालीका वडा नं.२२ को चकरी गाँउ र नयाँ बस्ती टोल क्षेत्रमा लगाएको ५ बिगाह गाँजा फँडानी गरेको प्रहरी नायव उपरिक्षक प्रकाश सापकोटाले बताए । उनका अनुसार करिब १ लाख गाँजाका बोटहरू नष्ट गरिएको छ ।

ईलाका प्रहरी कार्यलाय निजगढको प्रहरी टोलिले निजगढ नगरपालिका, वडा नं.१२ र वडा नं. १३ ४ बिगाह खेतीमा लगाएको गाँजा फँडानी गरेको उनले जानकारी दिए । सो क्षेत्रमा करिब ८० हजार गाँजाका बोटहरू नष्ट गरिएको प्रहरी नायव उपरिक्षक सापकोटाले बताए । जिल्ला प्रहरी कार्यलयबाट खटिएको मातहतको टोलिले माघ २४ गते बिहान साढे ९ बजेदेखि साँझ करिब ७ बजेसम्म अबैध गाँजा खेती फँडानी तथा नष्ट गरेको हो । अवैध गाँजा एक लाख ८० हजार बोटहरू फडानी तथा नष्ट गरिएको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]