२८ चैत्र २०८१, शुक्रबार

जितपुर सिमराबाट बेपत्ता बालकको शव फेला

रौतहट । बाराको जितपुर सिमराबाट बेपत्ता भएका बालकको शव खोलामा डुबेको अवस्थामा फेला परेको छ ।

रौतहटको दुर्गा भगवति गाउँपालिका–१ निवासी हन्श चौधरी नामक बालकको शव शनिवार दिउँसो भेटिएको हो । वीरगञ्ज महानगरपालिका–३२ र जितपुरसिमरा उपमहानगरपालिका–७ को सिमानामा पर्ने टेढामा पर्ने कियासोती खोलामा डुबेको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

गत माघ १७ गते जितपुर सिमरा उपमहानगरपालिका वडा नम्वर ७ स्थित मामा घर आएका बालक खेल्ने क्रममा हराएका थिए ।

बालकको खोजीमा प्रहरी र स्थानीयहरु संगै तालिम प्राप्त कुकुरको समेत प्रयोग गरेको थियो । इलाका प्रहरी कार्यालय सिमराकी प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) सुभद्रा वाइबाले बालकको शव भेटिएको पुष्टि गरेकी छन् ।

यस घटनाको विषयमा आवश्यक अनुसन्धान भै रहेकोे उनले जानकारी दिएकी छिन । यस घटनाको विस्तृत अनुसन्धान अघि बढाइसकेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

बालकको शव फेला
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]