०३ बैशाख २०८२, बुधबार

जनजातिहरुको इतिहासलाई व्यवस्थित गर्न भाषालाई मान्यता दिनुपर्छ : मन्त्री गुरूङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले आदिवासी जनजातिहरुको लिखित इतिहास नभएको बताएका छन् ।

संयुक्त ल्होसार÷ल्होछार÷ लोसार शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले आदिवासी जनजातिहरुको किवदंन्तीहरु, कथाहरुमा मात्र उनीहरुको इतिहास भएकाले यो इतिहासलाई व्यवस्थित गर्नको लागि आदिवासी जनजातिहरुको भाषालाई मान्यता दिनुपर्ने बताएका छन् ।

उनले भने, ‘आदिवासी जनजातिहरुले हामीलाई संघिय लोकतान्त्रिक गणतन्त्रमा ल्याउन महत्वपूर्ण भूमिका खेलेको छ । आदिवासी जनजातिहरुको लिखित इतिहास त छैन तर आदिवासी जनजातिहरुको किवदंन्तीहरु, कथाहरुमा मात्र उनीहरुको. इतिहास छ । यो इतिहासलाई व्यवस्थित गर्नको लागि भाषालाई मान्यता दिनुपर्छ ।’

साथै उनले नेपाल राज्य सबैको साझा देश भएकाले हाम्रो राज्य र सरकार सबै धर्म मान्नेहरुप्रति निष्पक्ष रहनुपर्ने बताए । उनले कसै धर्मलाई धेरै माया र कसैलाई काखापाखा गर्न नहुने बताए ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]