०३ बैशाख २०८२, बुधबार

उपेन्द्र यादवले सोधे :‘यस्तो फोहोरी र फटाहा कुरा कहाँबाट आयो ?’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले सरकारले ल्याएको अध्यादेश संसदको कार्यसूचीमा राखेपछि मात्र आफ्‌नो निर्णय सार्वजनिक गर्ने भएको छ । शुक्रबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष उपेन्द्र यादवले आफूहरुको कारणले अध्यादेश नअड्किएको भन्दै संसदको कार्यसूचीमा राखेपछि मात्र आफ्‌नो निर्णय सार्वजनिक गर्ने बताएका हुन् ।

उनले भने,‘हामीले अध्यादेश अड्काएको होइनौं । सरकारले आफै कार्यसूचीबाट हटाएको छ । हामी धारणा बनाउँदैंछौं, हाम्रो सोच सकारात्मक छ । अब सरकारले कार्यसूचीमा ल्याएपछि निर्णय गर्नेछौं ।’त्यस्तै उनले अध्यादेशमा सघाएमार्फत आफूहरुले पदको बार्गेनिङ चलिरहेको भन्ने हल्लामा कुनै सत्यता नरहेको बताए । आफूहरु अहिले सरकारमा जाने कुनै अवस्थामा नरहेको भन्दै देश र जनताको हितमा काम मात्र चाँहीएको बताए । उनले भने,‘यस्तो फोहोरी र फटाहा कुरा कहाँबाट आयो ? हामी अहिले सरकारमा जाने अवस्थामा छैनौं, मन्त्रालय मागेका छैनौं । देश र जनताको हितमा काम चाहिएको हो ।’

उपेन्द्र यादव
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]