०३ बैशाख २०८२, बुधबार

जानकी मन्दिरमा ३४ जोडीको दाइजो बिनाको सामूहिक विवाह गराइयो

जनकपुरधाम । विश्व हिन्दू परिषद् नेपालले जानकी मन्दिरमा यस वर्ष पनि ३४ जोडीको बिना दाइजो सामूहिक विवाह गराएको छ । सीताराम विवाह पञ्चमीको अवसरमा शनिवार राति मन्दिर परिसरमै हिन्दू परम्परा अनुसार परिषद्ले सामूहिक विवाह गराएको हो । विवाहमा लागेको सम्पूर्ण खर्च परिषद्ले व्यहोरेको छ ।परिषद्का धनुषा अध्यक्ष सन्तोष साहले दाइजो प्रथा अन्त्य गर्न विगत ६ वर्षदेखि सामूहिक विवाह गराउँदै आएको जानकारी दिए । उनले बेहुलीलाई सुनको मङ्गलसूत्र, १५ सेट साडी, शृङ्गार पटार, बेहुलाका लागि आवश्यक पर्ने सबै लुगा परिषद्ले व्यवस्था गरेको बताए ।विवाहित जोडीलाई भान्सा कोठामा प्रयोग हुने भाडावर्तन, बेडसिट र बेहुलारबेहुली दुवै पक्षलाई २५/२५ जनाका लागि खानाको व्यवस्था समेत परिषद्ले नै गरेको उनको भनाई छ ।

दाइजो बिना विवाहका लागि परिषद्ले सूचना जारी गर्छ । त्यसपछि सम्पर्कमा आएका बेहुला-बेहुलीलाई दुवै पक्षका अभिभावकको सहमतिमा सामूहिक विवाह गराइन्छ । यसमा सहभागी अधिकतर बेहुला(बेहुली विपन्न वर्गका हुन्छ ।विवाह गर्नुअघि बेहुलाहरूलाई दिउँसो रथमा राखेर जनकपुरधाम नगर परिक्रमा गराइएको थियो । परिषद्ले विना दाइजो धूमधामका साथ विवाह गराउने कार्य प्रशंसनीय भएको युवा अभियन्ता प्रशान्त झा बताउँछन् ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]