१० बैशाख २०८२, बुधबार

सभामुख घिमिरेले गरे सचेतकहरुसँग छलफल

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरेका छन्

आइतबार सिहंदरबारमा संसदलाई कसरी प्रभावकारी रुपमा अगाडि बढाउने भन्ने विषयमा सचेतकहरुसँग छलफल गरेका हुन् ।

बैठकपछि गठबन्धन दलका मुख्यसचेतक महेश बर्तौलाले गत २४ गतेको बैठकमा विधायनसँग सम्बन्धित विधेयकलाई लिएर संसदमा उठेको भन्दै त्यसलाई मिलाएर कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको बताए ।

उनले भने,‘अस्ति २४ गतेको बैठकमा विधायनसँग सम्बन्धित विधेयकको बारेमा केही विषय बाँकी थियो । समितिको तर्फबाट एउटा प्रतिवेदन पेस भएको थियो । त्यसका सम्बन्धमा केही मान्यज्युहरुले अझ समृद्ध बनाउन सुझाव दिनु भएको छ । तीनै विधेयकलाई लिएर संसदमा उठेको कुराहरुलाई मिलाएर कसरी अगाडि बढ्ने भन्ने नै छलफल भयो ।’

त्यस्तै प्रमुख प्रतिपक्षदलका प्रमुख सचेतक हितराज पाण्डले सरकारले संसदको विधि, अभ्यास र प्रकृयालाई मिचेर विधेयक ल्याएको भन्दै सोही विषय छलफलमा राखेको बताए ।

उनले भने,‘सरकारले जसरी हाम्रो संसदको विधि,अभ्यास र प्रकृयालाई मिचेर अध्यादेश ल्याएको छ । यो विषयमा हुँदैन भनेर हामी प्रतिपक्षदलको हैसियतले राखेको छौं । फेरी पनि संसदलाई अगाडि बढाउनुपर्छ । भन्ने कुराकानी छ । बाँकी कुरा संसदमालाई कसरी अगाडि लाने भन्ने नै छ ।’

सभामुख घिमिरे
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: publickhabar1234@gmail.com