२८ चैत्र २०८१, शुक्रबार

तल्लो तह एवम श्रेणीविहीन कर्मचारीको जागिरप्रति सरकार उदासिन : प्रभु साह

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले कार्यालय सहयोगी, ड्राइभर, स्विपर, मालीलगायत श्रेणीविहीन कर्मचारीहरुको जागिरको सुनिश्चितताको ग्यारेन्टी गर्नुपर्ने बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारी निकायमा तल्लोस्तरमा काम गर्ने कार्यालय सहयोगी, ड्राइभर, सुरक्षागार्ड, माली र स्विपरलगायतका तल्लो तह र श्रेणीविहीनहरुको जीवन एकदमै कष्टकर भइरहेकाले जागिरको सुनिश्चितता गर्नुपर्ने माग गरेका हुन् ।

उनले भने, ‘सरकारी निकायमा तल्लोस्तरमा काम गर्ने कार्यालय सहयोगी, ड्राइभर, सुरक्षागार्ड, माली र स्विपरलगायतका तल्लो तह र श्रेणीविहीनहरुको जीवन एकदमै कष्टकर भइरहेको छ । जागिर नै पूरै असुरक्षित छ, जागिरको निरन्तरताका लागि शासक र नेताहरुलाई गुहारिरहनुपर्ने, चाकडी गर्नुपर्ने बाध्यता छ । सरकारलाई सोध्न चाहन्छु कि ती पोष्टहरुमा स्थायी भ्याकेन्सी गरेर पदपुर्ति गर्न के ले रोक्यो ? आजभोलि लोकसेवा आयोगले जतिपनि विज्ञापन गरिरहेको छ, कक्षा १२ भन्दा माथिको मात्रै भइरहेको छ, के ति श्रेणीविहीन पदहरु सरकारी निकायबाट हटाइएको हो ? ती पोष्टहरुको जरुरी छैन् ? सरकारी निकायमा गाडीको जरुरी छ भने ड्राइभरको किन विज्ञापन हुँदैन ? के चालकहरु नेपाली नागरिक होइनन ? के गरिवहरु नेपाली नागरिक होईनन ?’

साथै उनले गरिवमारा कानून आफूहरुलाई नचाहिएको चेतावनी दिए । उनले हिजो पञ्चायतकालमा न्याय पाउने तर आज गणतन्त्रमा कम्युनिष्टहरुको सरकार हुँदापनि यसरी अन्याय भइराख्दा आम मान्छेले स्वभाविक नमानेकोले सरकारको ध्यानाकार्षण समेत गराए ।

प्रभु साह
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]