०३ बैशाख २०८२, बुधबार

देशमा फेरी एउटा ठूलो आन्दोलनको आवश्यक महशुस भएको छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब देशमा फेरी एउटा ठूलो आन्दोलन आवश्यक भएको महशुस भएको बताएका छन् ।

आइतबार संविधान संशोधनको विषयमा संविधान निगरानी समूहले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अहिलेको सरकारले प्रदेशलाई अधिकार दिन पनि नमान्ने र स्थानीय तहलाई बलियो बनाउन पनि नमान्ने भन्दै अर्को विद्रोह आवश्यक भएकै हो त ? भन्ने प्रश्न आउन थालेको बताए ।

उनले भने,‘मैले कहिलेकाहीँ के सोच्ने गरेको छु भने नेपालमा फेरी एउटा ठूलो आन्दोलन आवश्यक भएको हो कि क्या हो भन्ने मलाई सुद्ध लाग्न थाल्यो भनेपछि । किनकी कसैले भनेको नमान्ने । प्रदेशलाई अधिकार दिन पनि नमान्ने, स्थानीय तहलाई बलियो बनाउनपनि नमान्ने भनेपछि त के देशले फेरी अर्को आन्दोलन खोजेको हो त?जनतामा फेरी अर्को असन्तुष्टि बढेको बढ्यौं छ । निराशा बढेको बढ्यौं छ । अर्को विद्रोह आवश्यक भएकै हो त ? भन्ने प्रश्न अब विस्तारै मानिसहरुको मनमा यो आउँदैछ । अहिले म त्यो निष्कर्षमा पुगे भन्ने होईन त्यो अर्थ नलागोस्, तर जनतामा देखिएको निराशा, युवामा देखिएको फ्रस्टेशनले त्यो सबै हेर्दा र नेतृत्व हेर्दा यो सरकार पनि संविधानसंवत नै छैन ।’

उनले वर्तमान सरकार संविधान मिचेर राष्ट्रपतिलाई जर्बजस्ति दबाव दिएर बनेको सरकार भएको आरोप लगाए । सरकारले संविधानलाई कर्नरमा पार्न खोजेको पनि उनको आरोप छ । उनले भने,‘यो संविधान मिचेर बनेको सरकार हो यो । राष्ट्रपतिलाई जर्बजस्ति दबाव दिएर बनेको सरकार हो यो भन्ने आरोप छ मेरो । लोकतान्त्रिक पनि छैन ।त्यसैले लोकतन्त्रको मर्म विपरित पनि आएको छ यो । यसले संविधानलाई कहिँ न कहिँ कर्नरमा पार्न खोजेको छ ।’

प्रचण्ड
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]