०३ बैशाख २०८२, बुधबार

अवैध मालसामान सहित चार जना पक्राउ

रौतहट । रौतहट प्रहरीको अवैध मालसामान सहित चार जनालाई पक्राउ गरेको छ । प्रहरी गस्ती टोलीले विभिन्न स्थानहरुबाट राजस्व छलेर भित्रइएका करिव १ लाख ३३ हजारको मालसामान सहित चार जनालाई पक्राउ गरेको हो ।

राजदेवी नगरपालिका वडा नम्वर २ का २२ बर्षीय धन्दिप बैठा, १८ बर्षीय शेख अफरोज, मौलापुर नगरपालिका वडा नम्वर ६ का अमरेन्द्रकुमार जयसवाल, बौधीमाई नपा ६ का २० बर्षीय रुपेश यादवलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले आइतवार जारी गरेको प्रेस नोटमा विआर ०५ इ ४४०२ नम्वरको मोटरसाइकल सहित उनीहरु पक्राउ परेको उल्लेख छ ।

विभिन्न स्थानमा खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा भन्सार छलेर ल्याएका स्पेयर पार्टसहरु, किराना सामानहरु सहित चार जनालाई पक्राउ प्रेस नोटमा भनिएको छ । पक्राउ परेका मानिस र बारामद सामन आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

चार जना पक्राउ
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]