०१ बैशाख २०८२, सोमबार

सोमबारको विदेशी मुद्राको विनिमय दर कति?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।

जसअनुसार, अमेरिकी डलर एकको खरिददर १३९ रुपियाँ ५९ पैसा र बिक्रीदर १४० रुपियाँ १९ पैसा कायम भएको छ। यसैगरी, युरो एकको खरिदर १४४ रुपियाँ १६ पैसा र बिक्रीदर १४४ रुपियाँ ७८ पैसा तोकिएको छ।

बेलायतको स्टर्लिङ पाउन्ड एकको खरिददर १७३ रुपियाँ २४ पैसा र बिक्रीदर १७३ रुपियाँ ९८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५३ रुपियाँ ४४ पैसा र बिक्रीदर १५४ रुपियाँ १० पैसा निर्धारण गरेको छ।

यसैगरी,अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपियाँ ५४ पैसा र बिक्रीदर ८७ रुपियाँ ९२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपियाँ ६५ पैसा र बिक्रीदर ९८ रुपियाँ ०७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपियाँ ०३ पैसा र बिक्रीदर १०३ रुपियाँ ४७ पैसा तोकिएको छ।

त्यस्तै,जापानी येन १० को खरिददर नौ रुपियाँ २२ पैसा र बिक्रीदर नौ रुपियाँ २६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ १५ पैसा र बिक्रीदर १९ रुपियाँ २३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ २२ पैसा र बिक्रीदर ३७ रुपियाँ ३८ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ २८ पैसा र बिक्रीदर ३८ रुपियाँ ४५ पैसा निर्धारण भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ १२ पैसा र बिक्रीदर चार रुपियाँ १४ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ र बिक्रीदर ३८ रुपियाँ १७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ ४४ पैसा र बिक्री दर ३१ रुपियाँ ५७ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ५९ पैसा र बिक्रीदर नौ रुपियाँ ६३ पैसा तोकिएको छ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: publickhabar1234@gmail.com