०३ बैशाख २०८२, बुधबार

अन्तर्राष्ट्रिय थ्री एक्स थ्री एनबीसी नेपाल बास्केटबल च्याम्पियनसिप’ आजदेखि सुरु

काठमाडौं । नेपाल बास्केटबल संघ र थ्री बाई थ्रीको आयोजनामा आजबाट ‘अन्तर्राष्ट्रिय थ्रि एक्स थ्रि एनबीसी नेपाल बास्केटबल च्याम्पियनसिप’ सुरु भएको छ । आज सोमबारबाट सुरु भएको खेल बुधबारसम्म चल्ने छ, भने प्रतियोगितामा ३२ टिमको सहभागी छ । प्रतियोगितामा नेपालबाहेक बंगलादेश, भारत र पाकिस्तानका टिम सहभागी भएका छन् । सोही क्रममा नेपाल बास्केट बल संघको अध्यक्ष भिमसिन गुरुङले थ्री एक्स थ्री नेपाल बास्केटबल च्याम्पियनसिपको दोस्रो संस्करण पहिलोकोभन्दा भव्यताका साथ सञ्चालन गरिरहेको बताएका छन् ।

उनले भने, ‘थ्री एक्स थ्री नेपाल बास्केटबल च्याम्पियनसिप भई रहेको छ । यो एउटा अन्तराष्ट्रिय स्तरको खेल हो । यो दोस्रो संस्करणको खेल हो । पहिलो संस्करण हामीले भव्यताका साथ सम्पन्न गरेका थियौं र यो वर्ष विगतको भन्दा पनि भव्यताका साथ सञ्चालन गरिरहेका छाँै ।’ यस्तै, उनले यो वर्ष पहिलाको भन्दा विदेशी खेलाडी र टिमको संख्या बढेको भन्दै आउँदो वर्षमा यसलाई अझै गुणस्तर खेलको रुपमा स्थापित गर्ने बताए ।

यसपालीको पुरस्कारको राशी तय नभए पनि विगतको भन्दा बढि नै राख्ने सोचमा रहेको पनि उनको भनाई छ ।

अन्तर्राष्ट्रिय थ्री एक्स थ्री एनबीसी नेपाल
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]