
एजेन्सी ।
खुट्टा भएको रोबोट कुकुरको हालै अन्टार्कटिकामा पूर्ण परीक्षण गरिएको छ । सांघाई जिओ टोङ युनिभर्सिटी र लेनोभो समूहले संयुक्त रूपमा विकास गरेको छ खुट्टा भएको रोबोट कुकुरको परीक्षण गरिएको हो ।
आइस एडप्टिभ जुत्ता लगाएको रोबोटले १०० किलोग्रामसम्म तौल भएका वस्तु बोकेर हिउँ परेको सतहमा सहज रूपमा हिँड्न सक्छ ।रोबोटका विकासकर्ताहरूका अनुसार यसले माइनस ४० डिग्री सेल्सियससम्मको तापक्रममा लगातार दुई घण्टासम्म काम गर्न सक्छ ।यस्ता रोबोटहरू उपकरणहरू निरीक्षण गर्न, खिया र तेल चुहावटको निगरानी गर्न प्रयोग हुने गरेका छन् ।(सीसीटीभीप्लस)
चीनले विकास गरेको छ