०३ बैशाख २०८२, बुधबार

कम्युनिष्टहरुले कांग्रेसको विचार आत्मासाथ गरिरहेका छन् : मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा

कम्युनिष्टहरुले नेपाली कांग्रेसको विचार आत्मासाथ गरिरहेको बताएका छन् । सोमबार ‘गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति’ विषयक विचार गोष्ठी कार्यक्रममा बोल्दै उनले कांग्रेस कम्युनिष्टको विचारमा गयो भन्ने टिप्पणी भइरहेको भन्दै उनले कम्युनिष्टहरुले चाँही कांग्रेसको विचार आत्मासाथ गरेको प्रष्ट पारे ।

उनले भने,‘नेपाली कांग्रेस पार्टी नेपालको राष्ट्रिय राजनीतिको विश्वविद्यालय हो । यही विश्वविद्यालयमा पढेर अरु नेताहरुले दल खोल्नुभयो । दलको नेता बन्नुभयो । मान्छेहरु भन्ने गर्छन् कांग्रेस कम्युनिष्टको विचारमा गयो । तर होईन् । कम्युनिष्ट कांग्रेसको विचारमा आएको हो । नेपाली कांग्रेसको विचार कम्युनिष्टहरुले आत्मासाथ गरेका हुन् ।’

त्यस्तै उनले कांग्रेसले जनताको पक्षमा काम गरेर देखाउन सत्तालाई महत्व दिइरहेको बताए । आज नेपालको राजनीतिमा प्रतिस्पर्धी शक्तिहरू परम्परागत संख्यामा सीमित नरहेको भन्दै आलोचनात्मक कोणबाट नभई अझै परिस्कृत हुन जरुरी रहेको बताए ।
‘प्रतिस्पर्धीसँगै हामी सत्तामा बसेको स्थिति छ । सत्तालाई विशेष महत्व दिएर गएका हौं । जनताको पक्षमा काम गरेर देखाउन सत्तालाई महत्व दिएका छौं । निर्वाचन प्रतिस्पर्धात्मक हुन्छ नै तर आज नेपालको राजनीतिमा प्रतिस्पर्धी शक्तिहरू परम्परागत
संख्यामा सीमित छैनन् । बढेको स्थिति छ । विभिन्न कोण प्रश्न उठाउने बढेर गएका छन् । त्यसैले आलोचनात्मक कोणबाट होइन हामी अझै परिस्कृत हुन जरुरी छ ।’

जनसङख्यामन्त्री प्रदीप पौडेलले
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]