२८ चैत्र २०८१, शुक्रबार

रामेछापमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु रामेछाप

रामेछाप सदरमुकाम मन्थलीमा आज(सोमबार)बाट १३ औँ रामेछाप जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । रामेछाप जिल्ला खेलकुद विकास समितिको आयोजना र मन्थली नगरपालिकाको व्यवस्थापनमा सुरु भएको प्रतियोगिता माघ ३० गतेसम्म सञ्चालन हुनेछ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सिताराम कार्कीका अनुसार प्रतियोगितामा रामेछापका दुई नगरपालिका र ६ वटा गाउँपालिकाबाट ७ सय ३९ जना खेलाडीले भाग लिँदैछन् ।

६६ वटा स्वर्ण पदका लागि भलिबल, कबड्डी, एथलेटिक्स, तेकान्दो, उसु र कराँते जस्ता खेलहरू सञ्चालन हुनेछन् । प्रतियोगिताको वाग्मती प्रदेश सभा सदस्य तथा प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण समितिका सभापति आनन्द श्रेष्ठले उदघाटन गरेका छन् ।

प्रतियोगिता सञ्चालनको लागि १२ लाख रुपैँया लाग्ने अनुमान गरिएको छ । प्रतियोगितामा पहिलो हुनेलाई ३० हजार, दोस्रो हुनेलाई २० हजार र तेस्रो हुनेलाई १० हजार रुपैँया नगद पुरस्कार प्रदान गरिने भएको छ ।
त्यस्तै स्काउट मार्च पास प्रदर्शनीमा पहिलो हुने पालिकाकालाई १० हजार, दोस्रो हुनेलाई ७ हजार र तेस्रो हुनेलाई ५ हजार रुपैँया नगद पुरस्कार प्रदान गरिने छ ।

सदरमुकाम मन्थलीमा आज
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]