०३ बैशाख २०८२, बुधबार

स्कारपिओ र मालबाहक ट्रक ठोक्किदा पाँचजना घाइते

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्वर ५ स्थित चाँदी पुल नजिक स्कारपिओ र मालबाहक ट्रक एक आपसमा ठोक्किदा पाँचजना घाइते भएका छन् ।

चन्द्रपुरबाट सर्लाही जाँदै गरेका ना.४ च.३६९४ नम्वरको स्कारपिओ र विपरित दिशाबाट आउदै गरेका बा.प्र. ०१–००६ ख ५७२९ नम्वरको मालबाहक ट्रक एक आपसमा ठोक्किदा दुर्घटना भएको हो । पूर्व पश्चिम राजमार्गमा मंगलवार विहान करिब साढे ८ बजे दुबै साधन एक आपसमा ठोक्किदा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय चन्द्रपुरले जनाएको छ । स्कारपिओका चालक सहित पाँच जना घाइते भएको र उनीहरुको चन्द्रपुर अस्पताल प्रालीमा उपचार भइरहेको छ ।

इलाका प्रहरी कार्यालय चन्द्रपुरका अनुसार घाइतेहरुको टाउको, निधार, हात, आँखा लगायतका शरीरको विभिन्न भागमा चोट लागेको छ ।बारा सिम्रौनगढ नगरपालिका वडा नम्वर ७ का २८ बर्षिय सन्तोष कुशवाहाको टाउको, निधारमा चोट लाग्दा अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

रौतहट मौलापुर नपा ३ का २० बर्षीय सुदिपकुमार यादव, दुर्गा भगवती गाउँपालिका वडा नम्वर ५ का १८ बर्षीय प्रशान्त ठाकुर, बौधीमाई नगरपालिका ३ मटिअर्वा घर भएका २१ बर्षीय स्कारपिओ चालक रामविनोद महतो र सोही नगरपालिका वडा नम्वर २ का १८ प्रदीप कुशवाहा घाइते भएका छन ।

ट्रक चालक दोलखा जिरी नगरपालिका वडा नम्वर ४ का २८ बर्षिय फुरी तामाङलाई सहित ट्रक र स्कारपिओ इलाका प्रहरी कार्यालय चन्द्रपुरको नियन्त्रणमा राखेर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]