2024-12-08
सप्तकोशी न्यूरो अस्पतालका सम्राट कराखेती प्रहरीकाे नियन्त्रणमा
देवराज यादव। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित सप्तकोशी न्यूरो अस्पतालका अध्यक्ष रामबाबु गिरिका सहायक सम्राट कराखेतीलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ।खुकरी देखाएर सर्वसाधारणलाई आतंकित वनाएको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।बिहिबार राति भोक्राहा नरसिंह गाउँपालिका–५ का याकुव मियाँको उपचारको क्रममा मृत्युु भएको विषयमा आइतबार छलफल बोलाईएको थियो। छलफलमा सहमति ननिस्किएपछि मृतकका आफन्तलगायतले अस्पताल घेराउ गरेका थिए।सोही समयमा कराखेतीले खुकुरी नचाउँदै निस्किएपछि अवस्था तनावग्रस्त भएको थियो। सोही प्रकरणमा कराखेतीलाई पक्राउ नियन्त्रणमा लिएको सुनसरी प्रहरीले जनाएको छ