०३ बैशाख २०८२, बुधबार

१३ किलो लागू औषधसहित दुईजना पक्राउ

बारा । बारा प्रहरीले १३ किलो लागू औषध अफिम जस्तो पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ । हेटौडाबाट वीरगंजतर्फ जादै गरेको प्रदेश २ ०३–००१ प १६१४ नम्बरको स्कुटीबाट लागू औषध अफिम जस्तो पदार्थ सहित १ लाख ३३ हजार रूपैया प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यलय बाराका अनुसार स्कुटी चालक मकवानपुर मनहरी गाउपालिका वडा नम्बर ६ बस्ने बर्ष ५४ को सुर्य बहादुर मोक्तान र स्कुटी पछाडी सवार मकवानपुर कैलाश गाउँपालिका वडा नम्बर ८ बस्ने बर्ष ४५ का भीम बहादुर मोक्तानलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाका अनुसार विशेष सूचनाको आधारमा मगलबार बिहान प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले हेटौडाबाट वीरगंजतर्फ जाँदै गरेको स्कुटी रोक्न खोज्दा नरोकी फरार भएको थियो ।

जीतपुर सिमरा उप–महानगरपालिका वडा नम्बर १ पथलैया चोकमा नरोकी फरार भएको स्कुटीलाई प्रहरी टोलीले पच्छयाउँदै जाने क्रममा वडा नम्बर २ सूर्य नेपाल अगाडी फेला पारेको उनले जानकारी दिए ।

स्कुटीको डिक्कीभित्र लुकाई छिपाइ राखिएको अवस्थामा लागू औषध अफिमजस्तो पदार्थ र नगद एकलाख ३३ हजार ६५५ रुपैयाँ वरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । पक्राउ परेका व्यक्तिहरू नियन्त्रणमा लिई आवश्यक कानूनी प्रक्रिया अगाडी बढाइएको छ ।

लागू औषधसहित दुईजना पक्राउ
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]