०३ बैशाख २०८२, बुधबार

चोरीको आरोपमा तीन जना पक्राउ

काठमाडौं। सुनको गरगहना चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रहरीले उनीहरुलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२९ घर भई हाल बसन्तपुर बस्‍ने ४१ वर्षीय नरेन्द्र देउला, काभ्रेको पनौती–१ घर भई बसन्तपुर बस्‍ने कोमल बहादुर कार्की र भारतको कलकत्ता प्रदेश घर भएका ५८ वर्षीय जागिर मलिक रहेका छन् ।

यसअघि नरेन्द्र देउला पाँचवटा चोरी मुद्दा र एउटा ज्यान मुद्दामा पनि संलग्न भएर कारागार र धरौंटीमा छुटेको पनि प्रहरीले जनाएको छ ।

उनीहरूले माघ २६ गते डल्लु बस्‍ने ज्ञानरत्न मानन्धरको घरमा भाडामा बस्‍ने दोलखाको फस्कु शैलुङ नगरपालिका–७ की सुनिता ठकुरीको डेराबाट सुनको गहरगहना चोरी गरेको प्रहरीले जनाएको छ ।
उनीहरूको साथबाट प्रहरीले सुनको नेक्लेस १ वटा, सुनको सिक्री १ वटा, सुनको औठी १ वटा, गालेको सुन एक ढिका, सुनको तिलहरी १ वटा, सुनको कल्ली १ वटा, सुनको झुम्का १ वटा, सुनको मंगलसूत्र, सुनको मंगलसुत्रका टुक्रा ७ वटा र सुनको सिक्का १ वटा गरी लगभग ११ लाख २३ हजार बराबरको सामान बरामद गरेको छ ।

पक्राउ परेका उनीहरूमाथि प्रहरी वृत्त स्वयम्भूबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै प्रहरीले हत्याको आरोपमा र अन्य अपराधमा संलग्न व्यक्तिहरुलाई पनि सार्वजनिक गरेको छ ।

तीन जना पक्राउ
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]