२८ चैत्र २०८१, शुक्रबार

संरक्षणको पर्खाइमा राराका ढुङ्गेधारा

मुगु । नेपालको पर्यटकीय गन्तब्यको रुपमा रहेको रारा(महेन्द्रं) तालकोे किनारमा रहेको ढुङ्गे धारा संरक्षणको प्रखाईमा छन् ।

सयौं बर्ष पूरानो ऐतिहासिक रारा तालको उत्पत्तिसँगै बनेको पुरातात्वीक महत्वको महादेव मन्दिर नजिक रहेको महादेव ढुङ्गेधार संरक्षण नहँुदा ओझेलमा परेको छ ।

२०३२ साल अगाडि रारा क्षेत्रमा रहेका बस्ती मुर्मा, छाप्रु, रराले बस्तीका मानिसहरुले प्रयोग गर्ने ढुङ्गे धाराहरु पछिल्लो समयमा अलपत्र परेका हुन् ।

२०३२ सालमा रारा ताल वरिपरिको क्षेत्रलाई रारा राष्ट्रिय निकुञ्जको रुपमा घोषणा गर्दा २०३५ सालमा छाप्रु र रराले बस्तीका मानिसहरुलाई नेपालगंन्जको चिसापानीतिर बसाई सरेपछि ढुंङ्गे धारा र मठ मन्दिरहरु पनि ओझेलमा परेका हुन् ।

ढुङ्गे धारामा पछिल्लो समयमा पानीको मुहान सुकेपछि २०७६ बैशाख पहिलो साता महायज्ञ संचालन गरेपछि धारा सन्चालनमा आएका थिए । धारामा पानी आउँदा रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई पानी पिउन सहज भएको छाँयानाथ रारा नगरपालिका ९ मुर्मा गाँउका समाजसेवी बिर्ख बहादुर रोकायाले बताएका छन् ।

रारा तालको किनारमा रहेको अन्य धार्मिक स्थान छाप्र्रु महादेव, रारा लागुडा महादेव, मुर्मा महादेवलगायत अन्य दर्जनौं धार्मिक मन्दिर ,गुफा र ढुङ्गामा लेखेका ऐतिहासिक लेखोटहरु पनि अलपत्र परेका छन् ।

राराको नाममा प्रत्येक बर्ष सडक, पदमार्ग, भ्यूटावर बनाउनको लागि करोडौ बजेट आएपनि यस्ता ऐतिहासिक स्थलहरुको संरक्षण नभएको स्थानीयको डवल रोकायाको भनाइ छ ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]