१३ बैशाख २०८२, शनिबार

झापा पुगेर प्रधानमन्त्री ओली भने– देश चलाउन सहकारी ठगेजस्तो हुँदैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश चलाउन सहकारी ठगेजस्तो नहुने टिप्पणी गरेका छन् । आइतबार झापाको दमकमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले रवि लामिछानेप्रति लक्षित गर्दै देश चलाउन सहकारी ठगेको जस्तो नहुने बताएका हुन् ।उनले देश चलाउन सिद्धान्त, नीति, संकल्प र अठोट चाहिने बताए । उनले नयाँ राजनीतिक शक्तिहरूलाई बाँसको झ्याङमा उम्रिएको नर्कटको संज्ञा दिए ।

“कहिले कहिले यस्तो लाग्छ, बाँसको झ्याङको छेउमा एउटा नर्कट उम्रिन्छ । बाँसको टुसोभन्दा छिटो बढ्छ । बाँस अलि यत्रो हुँदा नर्कट अलि ठूलो भइसक्छ । अर्कोपल्ट हेर्न जाँदा नर्कट बुढो भएर ढलिसकेको हुन्छ । नयाँ नर्कट त्यस्तै हो, यी नर्कटहरू पुर्लक्क उम्रिन्छन्, अलि यत्रा हुन्छन् फेरि ढल्छन्,” उनले भने ।देश चलाउन अरूलाई मुख छोडेजस्तो नहुने पनि बताए । “कोही भ्रममा नपरे हुन्छ, देश चलाउन सिद्धान्त चाहिन्छ, नीति चाहिन्छ, संकल्प चाहिन्छ, अठोट चाहिन्छ, सहकारी ठगेजस्तो हुँदैन । अरूलाई बुरुकबुरुक उफ्रिएर मुख छोडेजस्तो हुँदैन, देश चलाउनलाई,” उनले भने ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: publickhabar1234@gmail.com