२८ चैत्र २०८१, शुक्रबार

यस्तो छ, बुधबारको लागि विदेशी मुद्राहरुको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड, युरो, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको विनियमदर घटेको छ ।

राष्ट्र बैंकले निर्धारण गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ६३ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ २३ पैसा तोकिएको छ ।

त्यस्तै, पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७१ रुपैयाँ ४० पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ १४ पैसा, अस्ट्रेलियन डलर एकको खरिदर ८६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४८ रुपैयाँ ७७ पैसा र बिक्रीदर चार सय ५० रुपैयाँ ७१ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले आज क्यानेडियन डलर एकको खरिददर ९६ रूपैयाँ ६६ पैसा र बिक्रीदर ९७ रूपैयाँ ०८ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रूपैयाँ २५ पैसा र बिक्रीदर एक सय दुई रूपैयाँ ६९ पैसा निर्धारण गरिएको छ ।

त्यसैगरी आज बहराइन दिनार एकको खरिददर तीन सय ६७ रुपैयाँ ७४ पैसा र बिक्रीदर तीन सय ७९ रुपैयाँ ३३ पैसा, हङ्कङ डलर एकको खरिददर १७ रूपैयाँ ७९ पैसा र बिक्रीदर १७ रूपैयाँ ८७ पैसा, जापानी येन १० को खरिददर नौ रूपैयाँ १० पैसा र बिक्रीदर नौ रूपैयाँ १४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ९७ पैसा र बिक्रीदर १९ रूपैयाँ ०५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ९७ पैसा र बिक्रीदर ३७ रूपैयाँ १३ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ०२ पैसा र बिक्रीदर ३८ रूपैयाँ १९ पैसा तोकिएको छ ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]