रविलाई हवाईमार्गबाट पर्सा लगिँदै, छवि स्थलमार्गबाट वीरगन्जमा

काठमाडौं । सहकारी बचत अपचलन प्रकरणमा रवि लामिछानेलाई बयानका लागि काठमाडौं हुँदै वीरगन्ज लैजाने तयारी गरिएको छ ।जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाका अनुसार रविलाई बुद्ध एयरको उडानबाट काठमाडौं ल्याइने छ । त्यसपछि उनलार्य आजै सिमराको उडानबाट वीरगन्ज पठाइने छ ।यस्तै, अर्का प्रतिवादी पूर्वडीआईजी छविलाल बन्जाडे जोशीलाई भने स्थलमार्ग हुँदै वीरगन्ज पुर्‍याइएको छ । उनलाई आइतबार राति पोखराबाट लगिएको हो । ‘अहिले बिहान उहाँ आइपुग्नुभयो,’ पर्सा प्रहरी प्रमुख एसपी कुमोध ढुंगेलले भने ।छविसँगै अर्का प्रतिवादी रामबहादुर खनाल पनि वीरगन्ज पठाइएका छन् ।