०३ बैशाख २०८२, बुधबार

पोखरामा आजदेखि फोहोर उठ्ने

पोखरा ।

। पोखरा महानगरपालिकाको कार्यालय, वडा कार्यालय ३२ र लामेआहालस्थित स्थानीयवासीबीच बुधबार साँझ १४ बुँदे सहमति भएपछि आजदेखि पोखरामा फोहोर उठ्ने भएको हो ।
पोखरा महानगरपालिकासंग भएको सहमति बमोजिम पोखरामा झण्डै सातादिनदेखि थुप्रिएको फोहोर बिहीबारदेखि उठ्ने महानगरपालिकाले जानकारी दिएको छ । उक्त सहमति कार्यान्वयन गर्न महानगरपालिकाले १५ दिनको समय दिइएको छ ।

पोखरा ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले १५ दिनभित्र महानगरले पूर्वसहमति कार्यान्वयन नगरे लामेआहालमा फेरि फोहोर फाल्न रोकिने बताए । यदि सहमति कार्यान्वयनमा भए अबको एकवर्षसम्म समय थप हुन सक्ने सरोकारवालाबीच छलफलमा सहमति जुटेको वडाध्यक्ष कार्कीले जानकारी दिए ।बुधबारको छलफलमा पोखराका मेयर धनराज आचार्य, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं, महाशाखा प्रमुख बिमल रञ्जन कार्की, महानगर प्रवक्ता एवं वडा २५ का वडाध्यक्ष मोतीलाल तिम्सिना, पोखरा ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्की, पोखरा २७ का अध्यक्ष पूर्णकुमार गुरुङ, नेपाली काँग्रेसका दिवसमान प्रधानाङ्ग, सरोकारवाला टोलका अध्यक्षहरु सहभागी थिए ।

पोखरा–३२ स्थित लामेआहालमा फोहोर बिसर्जन हुँदैआएकोमा स्थानीयले सम्झौता अवधि सकिएको भन्दै फोहोर बिसर्जन रोकेका छन् । महानगरबाट फोहोर संकलन गरेर त्यहाँ बिसर्जन गर्न गएका गाडीलाई उनीहरुले छेकेर राखेका थिए। दुई वर्षअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालन आएसँगै पोखरा–१४, बाच्छिबुडुवाबाट ल्याण्डफिल साइट अस्थायीरुपमा पोखरा–३२, लामेआहाल सारिएको थियो ।शुरुमा ६ महिनाका लागि स्थानीयसँग १६ बुँदे सम्झौता गरिएकोमा म्याद सकिएपछि दोस्रोपल्ट १४ बुँदे सहमति भएको थियो । उक्त म्यादसमेत २३ माघदेखि सकिएको छ ।

ल्याण्डफिल साइट प्रभावित स्थानीयले महानगरसँग पूर्व सहमति कार्यान्वयनमा जोड दिनुपर्ने अडान राख्दै आएका छन् । फोहोर फालेवापत् पोखरा ३२ वडा कार्यालयलाई बर्सेनि ५ करोड रुपैयाँ थप बजेट दिने पूर्व सहमति भए पनि २ वर्ष बितिसक्दा साढे ८ करोडमात्रै प्राप्त भएको बताइएको छ ।पोखरामा दैनिक १५० टन जति फोहोर संकलन हुने गरेको महानगरपालिकाका सूचना अधिकारी कृष्णप्रसाद तिवारीले बताए । त्यसका लागि ८ कम्पनीलाई फोहोर संकलन जिम्मा दिइएको छ । दैनिक तालिका बनाएर

फोहोर संकलन गरिरहेका ती कम्पनीलाई ३ वर्षको २ करोड ४८ लाख रुपैयाँ लिने गरी ठेक्का दिइएको थियो ।पोखराको फोहोर समस्या स्थायीरुपमा समाधान गर्न महानगरले वडा–३३, भरतपोखरी स्थित पुँडिटार क्षेत्रमा प्रशोधन केन्द्र निर्माणको तयारी गरेको छ । त्यसका लागि १७ जना जग्गाधनीहरुसँग ९३ रोपनी जग्गा अधिग्रहण गरेर राखिएको छ । तर, निर्माण प्रारम्भ हुन सकेको छैन ।

पोखरामा आजदेखि फोहोर उठ्ने भएको छ
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]