०३ बैशाख २०८२, बुधबार

बाँके जंगलमा बस पल्टिँदा १५ जना यात्रु घाइते

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिकाको बाँके जंगलमा बस पल्टिँदा १५ जना यात्रु घाइते भएका छन् ।महोत्तरीको बर्दिवासमा लघु बित्तिय संस्था विरुद्ध संघर्ष समिति मधेश प्रदेशको आयोजना भएको कार्यक्रममा सहभागी भई पथलैया तर्फ जाँदै गरेको बस बिहीबार साँझ ७ बजे अनियन्त्रित भई दुर्घटना भएको हो ।ईश्वरपुर नगरपालिका वडा नम्वर १३ पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने बाँके जंगलको घारी बथान जाने चोक नजिक तीब्र गतिको कारण आफंै अनियन्त्रित भई पल्टिदा १५ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

बर्दिवासबाट पथलैया तर्फ जाँदै गरेका ना. ७ ख. ३६४३ नम्वरको सिटी राईड बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक बालिष्टर सिंहले बताए । बस दुर्घटनामा बाराकी लक्ष्मी देवी थरुनीको , राजवती महरा, रुमा कुमारी चौधरी, शुशिला सिंह, सविता सिंह, चनिया देवी दनुवार, पर्साकी लालपरी देवी लगायत घाइते भएको उनले बताए ।

उनका अनुसार घाइते यात्रुहरुको लालबन्दीका अस्पतालमा उपचार भईरहेको छ ।बसमा ३७ सबार रहेको प्रहरीले जानकारी दिएको छ । यस विषयमा आवश्यक अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

बस पल्टिँदा १५ जना यात्रु घाइते
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]