०३ बैशाख २०८२, बुधबार

कमलामाई प्रतिको आस्थाका कारण भक्तजनहरू बढ्दै

रामेछाप । सिन्धुलीको कमलामाई प्रतिको बढ्दो आस्थाका कारण मन्दीरमा आउने भक्तजनहरूको सङ्ख्या बढ्दै गएको छ । सिन्धुलीको कमलामाई नगरपालिकामा अवस्थित कमलामाईको दर्शन गर्न नेपालका विभिन्न जिल्लाहरूका साथै भारतबाट समेत दर्शनार्थीहरु आउने गरेका छन् । यसले गर्दा कमला मन्दिरमा दैनिक भक्तजनहरूको भिड लाग्न थालेको छ । कुनै काम पुरा होस् भनि भाकल गर्ने र त्यो काम पुरा भएपछि कमलामाईलाई पाठी, परेवा लगायत पूजा गर्न भक्तजनहरू आउने गरेका मन्दिरमा दर्शन गर्न आएका रामेछापका दामोदर घिमिरेले बताए । ‘ हामीलाई विश्वास छ, मागेको कुरा पुरा हुने गरेको छ’, उनले भने ।

कमलामाईलाई कल्याणकारी देवी, दयालु, सहयोगी र आफ्ना सन्तानको रक्षकका रूपमा पूजा गरिन्छ । माघ महिनामा कमलामाईको विशेष पूजा हुने गर्दछ । हरेक वर्ष माघेसंक्रान्तिमा कमला मन्दिरमा ठुलो मेला लाग्ने गर्दछ । कमलामाई मन्दिर रहेको ठाउँलाई माईस्थान भनिन्छ । माईस्थान मन्दिर सिन्धुलीको जिल्ला सदरमुकाम सिन्धुलीमाढी हुँदै बग्ने गौमती नदी र कमला नदीको सङ्गममा रहेको छ । यो मन्दिरलाई निकै पुरानो मन्दिर मानिन्छ । यसको उत्पत्ति कहिले भयो भन्ने यकिन इतिहास छैन ।

मकवानी राज्य अन्तर्गत रहेको समयमा यसमा सेन राजाहरू, इतिहासको विभिन्न कालखण्डमा यसलाई भ्रमण गर्ने प्रमुख व्यक्तित्वहरू र राज्य सञ्चालक प्रशासकहरूले मन्दिरमा चढाएका वस्तुहरूबाट यो मन्दिर पुरानो हो भन्न अनुमान गरिन्छ । १८८६ सालको माघमा काजी भीमसेन थापाले आफ्नी कान्छी पत्नी भक्त कुमारीसँग आएर चढाएको चाँदीको मुकुट मन्दिरमा छ । मकवानी राजा हरईन्द्र सेनको पालामा कमलामाई मन्दिरमा चाँदीका पानसहरू चढाइएका छन् । एउटा पानसमा १६९२ साल माघ बदी ३ रोज शुभम् प्रस्ट अक्षरमा लेखिएको छ । सो पानस दलदीपबहादुर पाण्डेले चढाएको अभिलेख छ ।

सिन्धुलीको कमलामाई प्रतिको बढ्दो
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]