०३ बैशाख २०८२, बुधबार

अबैध अस्पताल संचालन गरेको आरोपमा एक जना पक्राउ

जनकपुर । जनकपुरधाममा अबैध अस्पताल संचालन गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।जनकपुरधामको भ्रमरपुराचोकस्थित जनकपुर मोडर्न अस्पताल संचालन गर्दै आएका रामभरोषी महतोलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । विना दर्ता अस्पताल संचालन गरी बिरामी ठगेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।म्ुख्यमन्त्री सतीश कुमार सिंहले अनुगमनको क्रममा दर्ता नरहेको अस्पतालहरुलाई मापदण्ड पुरा गरी दर्ता नगराएसम्म संचालनमा नल्याउन निर्देशन

दिनुका साथै अस्पतालमा ताला लगाई साँचो हस्तान्तरण गर्न भनेका थिए । तर बिहीबार बेलुका मुख्यमन्त्रीसहितको टोली अनुगमन गर्न पुग्दा सो अस्पताल संचालनमै रहेको र नयाँ विरामी समेत भर्ना गरेको पाइएपछि प्रहरीले संचालक महतोलाई पक्राउ गरेको हो ।मुख्यमत्री सिंहले केही दिन यता अस्पतालहरुको अनुगमन तीव्र बनाएका छन् । उनले अवैध र मापदण्ड विपरीत रहेको अस्पतालहरुलाई कारवाही गर्ने निर्देशन दिएका छन् ।

अबैध अस्पताल संचालन गरेको आरोपमा एक जना पक्राउ
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]