२८ चैत्र २०८१, शुक्रबार

कुवेत पुर्‍याएर मानव बेचबिखन गर्ने दुईजना पक्राउ

काठमाडौं : कुवेत पुर्‍याएर मानव बेचबिखन गर्ने दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका-६ का २६ वर्षीय धर्म तामाङ र ३९ वर्षीय टिकाराम तामाङ रहेका छन्।मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार जाहेरवाला परिबर्तित नाम २६ बबरमहल (३५८)लाई फ्रि भिषा फ्रि टिकटमा मासिक १२० केडी कमाई हुने कुवेत देशमा घरेलु काममा लगाइदिने प्रलोभन देखाएको खुलेको छ। जाहेरवालालाई २०८० साउन ४ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट दुबई पुर्‍याई दुबईबाट भोलिपल्ट कुवेतको अलजारा भन्ने ठाउँमा पुर्‍याई कुवेती घर मालिकलाई ९०० केडिमा बेचबिखन गरेको खुलेको सूचना अधिकारी एवं प्रहरी उपरीक्षक भावेष रिमालले बताए।

कुवेती घर मालिकले घरेलु काममा लगाई चरम श्रम शोषण, यौन शोषण गरी राखेको अवस्थामा जाहेरवाला त्यहाँबाट फुत्केर भागेपश्चात् कुवेतको प्रहरीले नियन्त्रणमा लिई ट्राभल डकुमेन्ट बनाई दिई २०८१ कात्तिक ९ गते नेपाल फर्किएपछि पीडितले ब्यूरोमा जाहेरी दिएका थिए। यस कसूरमा संलग्न धर्मलाई लम्जुङको मर्स्याङदी गाउँपालिका-३ बाट टिकारामलाई पोखराको लामाचौरबाट पक्राउ गरिएको हो। दुवै जनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरेर आवश्यक थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]