०३ बैशाख २०८२, बुधबार

पोखराको पृथ्वीचोकबाट अबैध लागू औषधसहित तीन युवा पक्राउ

पोखरा । पोखराको पृथ्वीचोकबाट अबैध लागू औषध सहित तीन युवा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलिले शुक्रबार दिउसो तीन बजेको समयमा पृथ्वीचोकबाट अबैध लागू औषध सहित तीन युवा पक्राउ गरेको हो ।

पक्राउ परेका अभियुक्तहरुमा पोखरा महानगरपालिका वडा नं.९ पृथ्वीचोक बस्ने वर्ष २१ को रोहित तमाङ, महोत्तरीको बर्दिबास नगरपालिका वडा नं. ८ बुद्धचोक स्थायी ठेगाना भै हाल पोखराको पृथ्वीचोक बस्ने वर्ष २१ को मदन अधिकारी र स्याङ्जाको फेदिखोला गाउपालिका वडा नं.०२ स्थायी ठेगाना भै हाल पोखराको पृथ्वीचोक बस्ने वर्ष ३५ को नबिन खत्री रहेका जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

उनीहरुको साथबाट लागू औषध डाईजापाम–२८ एम्पुल, फेनरागन–२८ एम्पुल, बुर्फिनर्फिन–२८ एम्पुल गरी जम्मा ८४ एम्पुल र मोवाईल ३ थान समेत बरामद भएको प्रहरीले बताएको छ ।

उनीहरुविरुद्ध कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा १० दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]