०३ बैशाख २०८२, बुधबार

मुस्लिमले सहमति उल्लंघन गरे, आन्दोलनमा जान्छौं : समस्त हिन्दु समाज

जनकपुर । जनकपुरधाम उप–महानगरपालिका–२० देवपुरा रुपैठास्थित तेलिया पोखरीमा मुस्लिम समुदायले विगतमा भएको सहमति उल्लंघन गरेको भन्दै समस्त हिन्दु समाज जनकपुरधाम संघर्षमा जाने चेतावनी दिएको छ ।

समस्त हिन्दु समाज, जनकपुरधामले एक विज्ञप्ति जारी गर्दै जनकपुरधाम उप–महानगरपालिकाका तत्कालिन मेयर लालकिशोर साहको पालामा देवपुरा रुपैठास्थित तेलिया पोखरीको बिषयमा भएको विवाद सामाधान गर्न भएको सहमति मुस्लिम समुदायले उल्लंघन गरेको आरोप लगाएको छ ।

समस्त हिन्दु समाजले २०७८ कातिक २९ गते तेलिया पोखरीमा कुनै समुदायले आफ्नो धार्मिक संकेत, धार्मिक झण्डा, टहरा लगायतका निर्माण कार्य नगर्ने सहमति भएको जनाएको छ ।

तर, ती सहमति उल्लंघन गरि मुस्लिम समुदायले त्यहाँ धार्मिक झण्डा र पोखरीको उत्तर–पूर्व डिलमा भौतिक संरचना समेत तयार गरेको भन्दै समस्त हिन्दु समाजले त्यसविरुद्ध संघर्ष गरी आन्दोलनमा जाने समेत चेतावनी दिएको छ ।

समाजमा पुनः अशांतिको वातावरण सृजना हुन सक्ने भन्दै सामुदायिक दंगा तथा द्वन्द्व सृजना नहोस, सामाजमा शान्ति सुरक्षा र सामाजिक समरसताको दृष्टिकोणले मुस्लिम समुदायले निर्माण गरिरहेको भौतिक संरचना घर यथाशीघ्र भत्काई तथा उक्त स्थानमा राखिएको मुहर्रम कमिटीको वोर्ड, धार्मिक झण्डा हटाई दिन सर्व सहमतिवाट भएको निर्णय अनुसार कार्यान्वयन गराई समाजमा शान्ति सुरक्षा स्थापित गराई दिन गृहमन्त्रालय र मधेशी आयोगमा समेत निवेदन पठाएको छ ।

यता, जनकपुरधाम उप–महानगरपालिकाले माघ ३० गते जिल्ला प्रशासन कार्यालय धनुषालाई समेत यस बिषयमा जानकारी गराई ती टहरा हटाउन परिपत्र गरे पनि अहिले सम्म ती टहराहरु यथास्थितिमै रहेको छ ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]