२८ चैत्र २०८१, शुक्रबार

संविधान शंसोधन नभए संविधान नै बाँच्दैन् रघुजी पन्त

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले संविधान शंसोधन अपरिहार्य भएको बताएका छन् । शनिबार संविधान संशोधन सम्बन्धी सार्वजनिक संवाद कार्यक्रममा बोल्दै उनले नेपालमा संविधान शंसोधन नभए संविधान नै नबाँच्ने उनको भनाइ थियो ।

उनले भने, ‘संविधान शंसोधन गर्नुपर्छ । किनभने संविधान निर्माण गरिरहेका बेला माओवादी एउटा निर्णायक शक्तिका रुपमा थियो । त्यो बेला संविधानमा रहेका असन्तुष्टि र असहमतिहरु अहिले आएर व्यक्त हुन थालेका छन् । नेपालमा जुन संविधान शंंसोधन भएको छैन शंसोधन नभएको संविधान बाँचेको इतिहास छैन् । समय अनुसार परिवर्तन हुनुपर्छ । संविधानलाई बचाउन पनि समयअनुसार परिवर्तन गरेर शंसोधन गर्नैपर्छ ।’

साथै उनले संविधान शंसोधन हुने कुरा त्यति सहज नभएको बताए । उनले अध्यादेशलाई नै लिएर संसदमा विरोध भइरहेकाले संविधान त्यति सहजताका साथ संशोधन नहुने बताए ।

‘पूर्ण समानुपातिक निर्वाचन प्रणाली आवश्यक’

यसैगरी पूर्वसञ्चार मन्त्री रेखा शर्माले पूर्ण समानुपातिक निर्वाचन प्रणाली चाहिने बताएकी छन् । उनले निर्वाचनमा उत्पीडित समुदायका मानिसहरु चुनाव लड्न नसक्नु नै निर्वाचन प्रणालीको समस्या भएको बताइन् ।

उनले भनिन्, ‘संविधान भनेको देशको मूल कानून हो । मूल कानून आफैंमा कार्यान्वयन हुँदैन । यसलाई अरु कानून बनाएर कार्यान्वयन गराउनुपर्छ । कानून बनाएर कार्यान्वयन गर्ने कुराको प्रक्रिया नै हामीले पूरा गरेका छैनौं । समान अधिकारको कुरा संविधानमा लेख्यौं तर आजसम्म पनि दृढतापूर्ण कानून नबन्दा समाजमा त्यो कार्यान्वयन भइरहेको छैन । राजनीतिक अस्थिरताका कारण पनि संविधान संशोधन हुनुपर्छ । यसका साथै निर्वाचन प्रणाली पूर्ण प्रत्यक्ष बनाउनुपर्छ, संविधान संशोधन गरेर नै पूर्ण समानुपातिक निर्वाचन प्रणाली चाहिन्छ । निर्वाचनमा उत्पीडित समुदायका मानिसहरु चुनाव लड्न नसक्नु नै निर्वाचन प्रणालीको कमजोरी भयो ।’

साथै उनले निर्वाचन प्रणाली बदल्नुपर्ने आफ्नो दलको माग समेत रहेको बताइन् । उनले चुनाव नै विकृतिपूर्ण बन्दै गएकाले पूर्ण समानुपातिक निर्वाचन प्रणाली चाहिने बताइन् ।

यसैगरी रास्वपाका सांसद सन्तोष परियारले दुईवटा पार्टी एक ठाउँमा आउँदैमा संविधान शंसोधन नहुने बताएका छन् । सोही कार्यक्रममा बोल्दै उनले संविधान संशोधन गर्नका लागि सबै दलहरु एक ठाउँमा बसेर गहन छलफलपछि मात्र शंसोधन हुने बताए ।

उनले भने, ‘हाम्रो प्रवृत्ति स्थायी छैन् । राजनीतिक संस्कार नै स्थायी छैन् । दुई वटा पार्टी एक ठाउँमा आउँदैमा संविधान शंसोधन हुँदैन् । दुईवटा पार्टी एक ठाउँमा आउँदैमा संविधान शंसोधन हुने कुरा सम्भव छैन । तर व्यापक छलफलमा गरेर जानुपर्छ । अरुलाई तिरस्कार गरेर होइन हाम्रा अप्ठ्याराहरु स्वीकारेर एक ठाउँमा पुग्यौं भने संविधान शंसोधन हुन्छ ।’

साथै उनले संविधानमा समावेशिता भएपनि जातकै कारणले दलितहरुले दुख पाएको बताए ।

उनले भने, ‘जातकै कारणले दलितहरुले दुःख पाएका छन् । जात र जाती मात्रै होइन समावेशी भन्ने छ तर दुःख पाएको जातले नै छ । यो सबैले स्वीकार्नु नै पर्छ । समावेशी भन्नाले महिलाको मात्र होइन, अन्य फरक लैङ्गिक पहिचानको कुरा पनि हो । तर समावेशितामा महिला बढी मारमा परेको चाँही हो । ’

यस्तै, नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले देशमा तीन जना पालैसँग प्रधानमन्त्री हुँदा तीन जना एउटा पार्टी बाँकी अर्को पार्टी जस्तो भएको बताए । उनले यसको जिम्मेवार को हुने टुङगो गर्नुपर्ने पनि बताए ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]