२८ चैत्र २०८१, शुक्रबार

सात महिना वित्यो, मुलुकमा केही परिवर्तन आएन ः उपाध्यक्ष पाण्डे

काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले वर्तमान सरकारले सात महिना बित्दा पनि केही काम गर्न नसकेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित बागमती प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले देशमा कुनैपनि विपत्ति नभएपनि दुई ठूला दल मिलेको भन्दै ठूला दल मिल्दा पनि देशमा केही परिवर्तन नभएको बताए ।

उनले भने, ‘व्यवस्थाको हिसाबले सबैभन्दा उत्कृष्ट संविधान हामीले निर्माण गर्यौं । तर पनि समाधान निस्किएन । एमालेका अध्यक्ष र काङ्ग्रेसका सभापति मिलेका छन् । वास्तवमा कुनैपनि देशमा ठूलो विपत्ति, राष्ट्रिय संकट, विदेशी हमला भएको र साच्चिकै आपत्ति भएको बेला मात्र प्रमुख दलहरु मिल्छन् । तर हाम्रो देशमा त्यस्तो कुनै अवस्था पनि थिएन् । तर ठूला दल मिले र देशमा विकास गर्छौ, नयाँ फड्को मार्छौ भने । तर यो सात महिना बित्दा पनि केही हुन सकेको छैन् ।’

यसको साथै, उनले देश मरुभूमी बन्दै गइरहेका बेला सरकारले चिन्ता नै नलिएको पनि बताए ।

उनले भने, ‘सुशासन ल्याउने, भ्रष्टाचार हटाउने नारा लगाए । आर्थिक समृद्धि ल्याउछौ पनि भने । तर व्यापार घाटा बढेको छ । भ्रष्टाचारले बाटो काटेको छ । बेरोजगारी बढेको छ । देश मरुभूमी हुदैँछ । यस्तो अवस्थामा चिन्तामा हुनुपर्ने सरकारले चिन्ता लिएको छैन् ।’

मुलुक डरलाग्दो सुरुङतिर फस्यो ः भुसाल

सोही क्रममा नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले मुलुक झन् झन् डरलाग्दो सुरुङ्भित्र पस्दै गएको बताए ।

उनले भने, ‘मुलुक झन् झन् डरलाग्दो सुरुङ्भित्र पस्दैछ । अनि सत्तामा को छन् भन्दा लिपापोती गर्नेहरु छन् । ठूला पार्टी संसदीय मान्यताको हिसाबले किन एक ठाँउमा आए, के राष्ट्रिय परिस्थिती थियो ? संविधान छोएर पार लगाउछन् जस्तो लाग्दैन् । कांग्रेस र एमालेको विचार, इतिहास केही नमिल्ने भएकाले काम गर्न कठिन हुनेछ ।’

यसको साथै, उनले कम्युनिष्ट आन्दोलनको रुपान्तरण र पुनःगठनको मिसनमा लागेको भन्दै अब योग्यता देखाउनुपर्ने अवस्था आएको बताए ।

उनले भने, ‘सत्ता नालायक छ, सडक अराजक छ । यो बेला एउटा जिम्मेवार पार्टीको हस्तक्षेप मुलुकलाई खाँचो छ । अब कम्युनिष्ट आन्दोलनको एकताका कुरा पनि छ । कम्युनिष्ट पार्टीको एकताको पक्षमा हामी छौ तर त्यस्तो कम्युनिष्ट विराट आन्दोलन नगरिकन रुपान्तरण र पुनःगठनको मिसन पूरा गर्न सक्दैनौ । हामीले पुनःगठन गरिसकेका छौ रुपान्तरण गर्न बाँकी छ । रुपान्तरण गर्ने भनेको आजको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने हो, हिजोभन्दा ठूलो र राम्रो पार्ने हो । हाम्रो योग्यता देखाउनुपर्ने अवस्था आएको छ ।’

उपाध्यक्ष पाण्डे
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]