२८ चैत्र २०८१, शुक्रबार

रामेछापमा तीनलाल स्मृति कप खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने

रामेछाप । रामेछाप जिल्लामा

खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । रामेछापमा जन्मिएका नेपाली साहित्यका प्रथम सहिद सुब्बा कृष्णलाल, सहिद गङ्गालाल र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको स्मृतिमा अनेरास्ववियु रामेछापले सो प्रतियोगिता गर्न लागेको हो ।प्रतियोगिता फागुनको ९ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने आयोजकले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

अनेरास्ववियु रामेछापका अध्यक्ष पुष्कर भट्टराईका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार रुपैयाँ नगद पुरस्कार, सिल्ड मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेताले ३० हजार रुपैयाँ नगद पुरस्कार, सिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगिताको सेमिफाइनलमा पुग्ने सबै टोलीले १०÷१० हजार रुपैयाँसहित प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । यसै गरी खेल अवधिका उत्कृष्ट खेलाडीलाई तीन हजार नगदसहित ट्रफी र प्रमाणपत्र पाउने छन् । उत्कृष्ट कोचसहित ६ विधाका खेलाडीलाई पनि नगद पुरस्कार र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

देशभरका २० वर्ष मुनिका खेलाडीले टिम पु¥याएर टिम दर्ता गर्न सक्ने सो प्रतियोगितामा सहभागी हुन चाहनेले फागुन ८ गते मध्यान्हसम्म टिम दर्ता गर्न सक्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो । टिम दर्ता शुल्क पाँच हजार तोकिएको छ ।
प्रतियोगिता सञ्चालनका लागि ६ लाख रुपैयाँ खर्च लाग्ने अनुमान आयोजकले गरेको छ । स्थानीय तह तथा व्यावसायीहरुले गरेको सहयोगबाट खेल सञ्चालन हुने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा अनेरास्ववियु स्थायी कमिटी सदस्य एवं प्रचार विभाग प्रमुख सागरहरि अधिकारीले तीन लालको नाममा खेल सञ्चालन गर्न पाउनु गर्वको कुरा भएको बताए । कार्यक्रममा अनेरास्ववियु केन्द्रीय सदस्य टक घतानी, आङलामु शेर्पा लगायतको सहभागिता थियो ।

पहिलो पटक २० वर्ष मुनिको तीनलाल स्मृति कप
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]