२८ चैत्र २०८१, शुक्रबार

डेनिस क्रोनर नोट फागुन मसान्तसम्म मात्र सटही हुने

काठमाडौं । डेनमार्कको डेनिस क्रोनर नोट फागुन मसान्तसम्म मात्र सटही हुने त्यस पश्चात साट्न नपाइने नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

सोमवार नेपाल राष्ट्र बैंकले एक सूचना प्रकाशित गर्दै डेनमार्कको केन्द्रीय बैंकले सन् २०२५ मे ३१ पश्चात कानुनी ग्राह्यता खारेज गरेका डेनिस क्रोनर नोटहरू यही फागुन मसान्त (सन् २०२५ मार्च १३) पश्चात सटही नगर्ने जनाएको हो ।

राष्ट्र बैंकले डेनिस क्रोनर नोट भएका व्यक्तिहरूले फागुन मसान्तभित्र राष्ट्र बैंकको बैंकिङ विभाग, प्रदेशका कार्यालयहरू, विदेशी विनिमयको कारोबार गर्न इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाबाट तोकिएको समयमा साट्न भन्दै सूचनामा उल्लेख गरेको छ । राष्ट्र बैंकले फागुन मसान्त पश्चात डेनिस क्रोनर नोट सटही गर्न सम्बन्धित निकाय बाध्य नहुने पनि बताएको छ ।

कानुनी ग्राह्यता खारेज गरिएका बैंकनोटहरु सम्बन्धी बिस्तृत जानकारी डेनमार्कको केन्द्रीय बैंकको वेवसाइटमा उपलब्ध रहेको पनि राष्ट्र बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंक
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]