०३ बैशाख २०८२, बुधबार

धरौटी बुझाएर छुटे दुर्गा प्रसाईं, लगत्तै पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईं धरौटी बुझाएर छुट्नेबित्तिकै फेरि पक्राउ परेका छन्।जिल्ला अदालत काठमाडौंका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले बिहीबार प्रसाईंसँग ४० हजार धरौटी माग गरेपछि उनी धरौटी बुझाएका थिए।नेपाल प्रहरीको साइबर ब्युरोले साइबर अपराध कसुरमा प्रसाईंलाई पक्राउ गरेको थियो। उनीमाथि विद्युतीय कारोबार ऐनअन्तर्गत धरौटी माग भएको थियो।विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार प्रसाईंमाथि साइबर ब्युरोले अनुसन्धान गरेको थियो। यसमा धरौटीमा छाड्न अदालतले आदेश दिएको थियो।धरौटी बुझाएपछि रिहा भएका प्रसाईंलाई प्रहरीले पुन: पक्राउ गरेको हो। प्रसाईंमाथि संगठित अपराध र आपराधिक लाभ लिन नहुने कसुरमा पनि अनुसन्धान भइरहेकोले उनलाई फेरि नियन्त्रणमा लिनुपरेको हो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प्रसाईंमाथि भारतमा मानिस राखेर व्यापारीहरूलाई धम्क्याउँदै रकम माग गरेको अभियोगमा अनुसन्धान गरिरहेको छ।प्रसाईंविरूद्ध संगठित अपराध कसुर पनि लागेकोले यसमा अदालतबाट म्याद लिई ६० दिनसम्म हिरासतमा राखेर प्रहरीले अनुसन्धान गर्न सक्छ। प्रसाईं मंसिर ४ गते पक्राउ परेका हुन्।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]