०३ बैशाख २०८२, बुधबार

संसदमा नागरिकका एजेण्डाहरुले स्थान पाउन छाड्यो : किराँती

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद सुदन किँरातीले संसदमा नागरिकका एजेण्डाहरुले स्थान पाउन छाडेको गुनासो गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मिडिया खपतको लागि आरोप प्रत्यारोप गर्ने र दुर्व्यसनीको अड्डा संसद बन्दै गइरहेको आरोप लगाए ।

केहि दिन अगाडि भएको प्रधानमन्त्रीसँगको सवाल जवाफमा भएको कुरुपचित्र देखेर संसार हाँसेको भन्दै उनले आज मूलुकलाई अहंकार होईन्, धैर्यता, संयमता र उच्च नौतिकताको आवश्यकता रहेको बताए ।

उनले भने,‘ दुखका साथ भन्नुपर्छ हाम्रो संसदमा नागरिकका एजेण्डाहरुले स्थान पाउन छाड्यो । बरु मिडिया खपतको लागि आरोप प्रत्यारोप गर्ने र दुर्व्यसनिको अड्डा संसद बन्दै गइरहेको छ । केहि दिन अगाडि भएको प्रधानमन्त्रीसँगको सवाल जवाफमा भएको कुरुपचित्र देखेर संसार हाँस्यो । आज मूलुकलाई अहंकार होईन्,धैर्यता संयमता र उच्च नौतिकताको आवश्यकता छ । ’

त्यस्तै उनले हिजो सोमबारको प्रतिनिधिसभाको बैठकमा मृतक प्रकृति लम्सालका बारेमा बोल्न प्रतिबन्ध लगाइएको भन्दै उनले आज बोल्न मिल्ने हिजो नमिल्ने? नियमावलीले छेक्यो कि नियतले ? भन्दै प्रश्न गरे ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]