०३ बैशाख २०८२, बुधबार

विपिन जोशीबारे इरानका परराष्ट्र मन्त्रीसँग कुरा भएको छ : मन्त्री डा.देउवा

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले ओमानको भ्रमणका क्रममा इरानका परराष्ट्र मन्त्रीसँग विपिन जोशीको अवस्थाबारे छलफल भएको बताएकी छन् ।

विहीबार त्रिभुव अन्तर्राष्ट्रिय विमान स्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले इरानका परराष्ट्र मन्त्रीले विपिन जोशीको बारेमा गम्भिर भएर लागेको जानकारी गराएको बताइन् ।

उनले भनिन्, ‘मैले इरानको परराष्ट्र मन्त्रीसँग पनि कुरा गरें । त्यो कुरा विपिन जोशीको नै बारेमा मूल छलफल भएको थियो । उहाँले पनि म प्रयास गर्छु तर अझै पनि तपाईहरुको र थाईको एकजनाको अवस्थाको बारेमा राम्रो जानकारी आएको छैन् । केही सूचनाहरु मागेका छौ र गम्भीर भएर लागेका छौ भन्नु भएको छ । यही कुरा कतारको प्रतिनिधिहरुले पनि गर्नु भएको थियो ।’

यसको साथै, उनले ओमानसँग कागजको विक्रीलाई व्यवसायिक गर्ने र पर्यटकको क्षेत्रलाई सुधार गर्ने बारेमा दुईवटा एमओयुहरु साइन भएको पनि बताइन् ।

उनले भनिन्, ‘हामीले ओमानसँग दुईवटा एमओयुहरु पनि साइन गरेका छौ । एउटा हाम्रो कागजहरुलाई कसरी वक्री र व्यवसायिक गर्ने भन्ने कुरामा आउने दिनमा काम हुन्छ होला र अर्को पर्यटकको क्षेत्रमा पनि एमओयू गरेका छौ । पर्यटकको क्षेत्रमा नेपालसँग एकदमै नजिक भएर काम गर्न मन भएको कुरा पनि राख्नु भएको छ ।’

यसको साथै डाक्टर, इन्जिनियरहरु जस्तो मानिस पनि बाहिर गएर श्रमिकको रुपमा काम गर्नुपर्ने अवस्था पनि थाहा भएको छ । यसबारे पनि श्रम मन्त्रालयसँग बसेर कुरा गर्ने उनको भनाई छ ।

यस्तै, उनले घरेलु कामदारको रुपमा महिलाहरु जाने विषयलाई पुन विचार गरेर एउटा टिम बनाएर फिल्ड रिसर्च गरेर नै काम गर्ने पनि बताइन् ।

परराष्ट्रमन्त्री ओमानका विदेशमन्त्री सायद बद्र बिन हमाद बिन हमूद अल बुसैदीको निमन्त्रणामा एक साता लामो भ्रमणका लागि चार सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ओमान भ्रमणका लागि गएकी थिइन् ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]