०३ बैशाख २०८२, बुधबार

बेलुन पड्किएको घटनामा पक्राउ परेका भारतीय नागरिक दैनिक हाजिरी जमानीमा छुटे

पोखरा । पोखरा भ्रमण वर्ष २०२५ उद्घाटन सत्रमा बेलुन पड्किएको घटनामा पक्राउ परेका भारतीय नागरिक हाजिरी जमानीमा छुटेका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले भारतीय नागरिक कमलेश कुमारलाई दैनिक हाजिरीमा छाड्न बिहीबार आदेश दिएको हो ।

नेपाल सरकारका अर्थमन्त्री बिष्णुप्रसाद पौडेल र पोखरा महानगरका मेयर धनराज आचार्य घाइते हुने गरी फागुन ३ गते पड्किएको उक्त बेलुनमा अनुमति बिना हाइड्रोजन ग्याँस भरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

पोखरा भ्रमण वर्ष २०२५ उद्घाटन गर्ने क्रममा उनै कमलेशले बेचेको बेलुन उडाउने क्रममा स्पार्किङ मेसिनबाट झिल्को लाग्दा विस्फोट भएको थियो । कमलेश त्यहि दिन पक्राउ परेका थिए ।

हाइड्रोजन ग्यास भरिएको उक्त बेलुन विस्फोट हुँदा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका थिए । उनीहरु दुवैजना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

घटनाको छानबिन गर्न प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिले काम पनि थालिसकेको छ ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]