१५ बैशाख २०८२, सोमबार

पोखरामा जिपले स्कुटरलाई ठक्कर दिँदा आमाको निधन, छोरा गम्भीर घाइते

पोखरा । पोखरामा बिहीबार जिपले स्कुटरलाई ठक्कर दिँदा आमाको निधन भएको छ भने छोरा गम्भीर घाइते भएका छन् ।

पोखरा महानगरपालिका वडा नम्बर ८ सिर्जनाचोकबाट जिरोकिमीतर्फ जाँदै गरेको ग३च८९७७ नम्बरको जीपले बिहीबार दिउँसो जिरोकिमीबाट सिर्जनाचोकतर्फ आउँदै गरेको ग १३ प ३२०६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा आमाको निधन भएको हो भने छोरा गम्भीर घाइते भएका छन् ।

उक्त दुर्घटनामा परेर गम्भीर घाइते भएकी पोखरा महानगरपालिका वडा नं ११ फुलबारीकी ५६ वर्षीया माया गुरुङको मेट्रोसिटी अस्पतालमा निधन भएको प्रहरीले जानकारी दिएको छ । सोही दुर्घटनामा गम्भीर घाइते भएका उनकै २६ वर्षीय छोरा मनोज गुरुङको अहिले पनि मेट्रोसिटी अस्पतालमा नै उपचार भैरहेको प्राप्त जानकारीमा उल्लेख छ ।

सोही दुर्घटनामा सडक किनारमा रोकि राखेको ग ७ प ५२७४ नम्बरको स्कुटरमा पनि क्षति पुगेको प्रहरी स्रोतले जनाएको छ ।

घटनापछि जीप चालक, स्याङ्जा हरिनाश गाउँपालिका वडा नं १ का २५ वर्षीय निर्मल गुरुङलाई वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।पोखरामा जिपले स्कुटरलाई ठक्कर दिँदा आमाको निधन, छोरा गम्भीर घाइते

पोखरा । पोखरामा बुधबार जिपले स्कुटरलाई ठक्कर दिँदा आमाको निधन भएको छ भने छोरा गम्भीर घाइते भएका छन् ।

पोखरा महानगरपालिका वडा नम्बर ८ सिर्जनाचोकबाट जिरोकिमीतर्फ जाँदै गरेको ग३च८९७७ नम्बरको जीपले बुधबार दिउँसो जिरोकिमीबाट सिर्जनाचोकतर्फ आउँदै गरेको ग १३ प ३२०६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा आमाको निधन भएको हो भने छोरा गम्भीर घाइते भएका छन् ।

उक्त दुर्घटनामा परेर गम्भीर घाइते भएकी पोखरा महानगरपालिका वडा नं ११ फुलबारीकी ५६ वर्षीया माया गुरुङको मेट्रोसिटी अस्पतालमा निधन भएको प्रहरीले जानकारी दिएको छ । सोही दुर्घटनामा गम्भीर घाइते भएका उनकै २६ वर्षीय छोरा मनोज गुरुङको अहिले पनि मेट्रोसिटी अस्पतालमा नै उपचार भैरहेको प्राप्त जानकारीमा उल्लेख छ ।

सोही दुर्घटनामा सडक किनारमा रोकि राखेको ग ७ प ५२७४ नम्बरको स्कुटरमा पनि क्षति पुगेको प्रहरी स्रोतले जनाएको छ ।

घटनापछि जीप चालक, स्याङ्जा हरिनाश गाउँपालिका वडा नं १ का २५ वर्षीय निर्मल गुरुङलाई वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: publickhabar1234@gmail.com