१२ बैशाख २०८२, शुक्रबार

नेकपा एमाले नेता साहद्वारा सुर्जाहामा कल्भर्ट शिलान्यास

वीरगंज,नेकपा एमालेको पकहाँमैनपुर गाउँपालिका कमिटी अध्यक्ष अकलेश कुमार साहले सुर्जाहा क्षेत्रको विकासलाई प्राथमिकता दिँदै कल्भर्टको शिलान्यास गरेका छन्। उनी अखिल नेपाल पिछडावर्ग ओबीसी महासंघका केन्द्रीय उपाध्यक्ष तथा मधेश प्रदेश इन्चार्जसमेत रहेका छन्।

सुर्जाहामा रहेको सो कल्भर्ट लामो समयदेखि अलपत्र अवस्थामा थियो। यसलाई निर्माणका लागि पटक–पटक प्रयास गरिए पनि आवश्यक आर्थिक सहयोग अभावका कारण काम अघि बढ्न सकेको थिएन। स्थानीय समाजसेवी रामसेवक पाण्डेले पालिकाका जनप्रतिनिधिहरूलाई पटक–पटक अनुरोध गर्दा पनि कुनै चासो नदेखाएको गुनासो गर्दै कल्भर्ट निर्माणको जिम्मा स्थानीय युवाहरूले लिएको जानकारी दिए।

यसै क्रममा, नेकपा एमालेका युवा नेता अकलेश कुमार साहले समुदायको आवश्यकतालाई मध्यनजर गर्दै स्थानीयस्तरमा नै आर्थिक संकलन गरेर निर्माण कार्य अघि बढाएको बताएका छन्। दुई लाख रुपैयाँ लागतमा बन्ने उक्त कल्भर्ट नेकपा एमालेका वडा कमिटी अध्यक्ष पाण्डे तथा वडा स्तरका नेता तथा कार्यकर्ताहरूको निजी लगानीमा निर्माण हुन लागेको हो।

युवा नेता साह पछिल्लो समय सामाजिक सेवामा सक्रिय रहँदै आएका छन्। उनी २०८४ सालको स्थानीय तह निर्वाचनमा पकहाँमैनपुर गाउँपालिकाको मेयर पदका लागि उम्मेदवारी घोषणा गरिसकेका छन्। नेकपा एमाले जनताको पार्टी भएको र जनताको सुख–दुःखमा सधैं साथ दिने प्रतिबद्धता व्यक्त गर्दै उनले समाजसेवाका कार्यलाई निरन्तरता दिने बताएका छन्।

कल्भर्ट निर्माण कार्यले सुर्जाहाका स्थानीय बासिन्दालाई ठूलो राहत पुग्ने विश्वास गरिएको छ। नेता साहको पहलमा थालिएको यो कार्यले गाउँपालिका स्तरमा विकास निर्माणको नयाँ सम्भावना जगाउने आशा गरिएको छ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: publickhabar1234@gmail.com