२८ चैत्र २०८१, शुक्रबार

पटेर्वासुगौलीको थरकट्टी टोलमा ३ कठ्ठामा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गर्यो

पर्सा – पर्साको पटेर्वासुगौली गाउँपालिका–२, थरकट्टी टोलमा लगाइएका गाँजा खेती प्रहरीको टोलीले नष्ट गरेको छ।

इलाका प्रहरी कार्यालय पटेर्वासुगौली र प्रहरी चौकी रङ्गपुरबाट खटिएको टोलीले बिहीबार साँझ ३ कठ्ठा क्षेत्रफलमा फैलिएको अवैध गाँजा खेती फडानी गरेको हो। प्रहरी सहायक निरीक्षक यादवको नेतृत्वमा गएको टोलीले करिब २५०० बोट नष्ट गरेको जनाएको छ।

स्थानीय किसानहरूले विगतमा पनि यो क्षेत्रमा लुकीछिपी गाँजा खेती गर्दै आएका थिए। तर, हाल नेपाल प्रहरी र सशस्त्र प्रहरीको नियमित गस्तीका कारण गाँजा खेती नियन्त्रण गर्ने अभियान तीव्र पारिएको छ।

इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक प्रकाश थापाले भने, “गाँजा खेती अवैध भएकाले प्रहरी सक्रिय रूपमा फडानी अभियान सञ्चालन गरिरहेको छ। यस अभियानलाई समाजले पनि साथ दिएको छ, जसले अवैध खेती रोकथाममा सहयोग पुगेको छ।”

प्रहरीले अवैध लागुऔषध नियन्त्रण तथा गैरकानुनी क्रियाकलाप रोक्ने उद्देश्यले गस्ती बढाउँदै ल्याएको छ। साथै, स्थानीय तहसँग सहकार्य गर्दै जनचेतनामूलक अभियान सञ्चालन गर्ने तयारी पनि गरेको छ।

गाँजा
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]