०३ बैशाख २०८२, बुधबार

सिरहाको गोलबजारमा विद्यार्थीको प्रदर्शन

सिरहा । सिरहामा दुई अलग—अलग घटनामा मारिएका रिंकु कुमारी सदा र प्रकृति लम्सालको न्याय माग गर्दै विद्यार्थीहरू सडकमा उत्रिएका छन् । नेपाल विद्यार्थी संघ सिरहाका युवाहरूले शुक्रबार बिहान गोलबजारमा प्रदर्शन गरेका हुन् ।

विद्यार्थीहरूले जनता बहुमुखी क्याम्पसबाट र्याली निकालेर गोलबजार बजार परिक्रमा गरेपछि गोलपार्क नजिक कोणसभा गरेका थिए । उनीहरूले घटनामा संलग्न दोषीहरूलाई कारबाहीको माग गर्दै ‘बलात्कार पीडितलाई न्याय दे, अपराधीलाई कारबाही गर, बलात्कारको मूल्य तोक्ने पञ्चहरूमाथि कारबाही गर, जस्टिस फर रिंकु सदा र प्रकृति लम्साल’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

गत माघ ३० गते सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुर टोलकी १७ वर्षीया रिंकु कुमारी सदा आफ्नै घरको छानोमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । अनुसन्धानका क्रममा स्थानीय रूपेश मण्डल, चन्दन साह, र रामविनय मण्डलले सामूहिक बलात्कार गरेको खुलेको छ । घटनापछि स्थानीय स्तरमा पञ्चायत राखी मिलाउने प्रयास भएको थियो, जसका कारण पीडित मानसिक तनावमा परेकी थिइन् ।
भारतको ओडिशास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा मेकानिकल इन्जिनियरिङ तेस्रो वर्षमा अध्ययनरत प्रकृति लम्साल होस्टलको कोठामा मृत फेला परेकी थिइन् । सुसाइड नोटमा उनले ब्रेकअपपछि पूर्व प्रेमीले मानसिक तनाव दिएको र ब्ल्याकमेल गर्ने प्रयास गरेको उल्लेख छ । लम्सालको मृत्यु आत्महत्या वा अन्य कारणले भएको विषयमा विस्तृत अनुसन्धान भइरहेको छ ।

दर्शनकारीहरूले दुवै घटनामा निष्पक्ष छानबिन गरी दोषीहरूलाई कडा कारबाही गर्न माग गरेका छन् ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]