२८ चैत्र २०८१, शुक्रबार

नेपाल पत्रकार महासंघको ७० वर्षे इतिहासमा पहिलोपटक महिला अध्यक्ष

काठमाडौँ, ३० मङ्सिरः नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्माको जित सुनिश्चित भएको छ । ६९ वर्षे इतिहासमा महासंघले पहिलोपटक महिला नेतृत्व पाएको हो ।संसदका पहिलो र दोस्रो ठूला दल मिलेर सरकार चलाईरहेको बेलामा महासंघको मतपरिणामले देशमा दुई दलले चाहेमा के के गर्न सक्छन् ? भन्नेतर्फ पनि सोच्न बाध्य बनाइदिएको छ ।अनौपचारिक रुपमा संकलन गरिएको मतमा शर्मा एक हजारभन्दा बढी मतान्तरले विजयी हुने निश्चित भएको छ । शर्मा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको साझा उम्मेदवार हुन् ।

प्रेस युनियन कांग्रेस निकट र प्रेस चौतारी एमाले निकट पत्रकारहरुका संस्था हुन् ।सत्तामा दुई दल एक भएकोले बेला पत्रकार महासंघको ७ दशकको इतिहासमा पहिलोपटक महिला नेतृत्व पाएको छ । यसले दुई दलले चाहेमा अरु धेरै कुरा परिवर्तन गर्न सम्भव छ भन्ने सन्देश पनि दिएका छन् ।केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यमा अधिकांश शर्मा नेतृत्वको प्यानलका उम्मेदवार निर्वाचित हुने लगभग पक्कापक्की भएको छ ।महासंघको नयाँ कार्यसमिति चुन्न शुक्रबार मतदान भएको थियो । पत्रकार महासंघको केन्द्रीय कार्यालय सिनामंगलमा मतदान सकिए लगत्तै मतगणना सुरु भएको थियो । आइतबार बिहानसम्म मतगणना लगभग सकिएको छ ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]