२८ चैत्र २०८१, शुक्रबार

नीलगाईले दुख दिदा रौतहटका किसान चिन्तित

रौतहट । रौतहटको दक्षिणी भेगमा किसानले लगाएको बालीमा नीलगाईले क्षति गरेको छ । नजिकको जंगल वा कासघारीमा लुकेर बसेका नीलगाईले गहुँ र दलहन–तेलहन बालीमा क्षति पु¥याउँदा कृषक चिन्तीत बनेका हुन ।

प्रायः साँझ र बिहान नीलगाईले बालीमा क्षती गर्ने गरेको किसान रामजि कलवारले बताए । उनका अनुसार कहिले काहीँ नीलगाई दिउँसो समेत खेत बालिमा देखा पर्छ । प्रत्येक बर्ष नीलगाईले विभिन्न बालीमा क्षति गर्दै आएको भएपनि अहिले सम्म उचित ब्यवस्थापन नभएको उनको गुनासो छ ।
आफुले विभिन्न निकायमा खबर गरेपनी यसको सुनुवाइ नभएको उनले बताए ।अब नीलगाईका कारण खेतमा बाली लगाउन समेत मुस्किल भएको उनको भनाइ छ । आफुले करीब एक बिगाह खेतमा लगाएको गहुँ नीलगाईले क्षति गरेको उनको दुखेसो छ । लालबकैया र बाग्माती नादिको किनारमा यहाँका किसानको खेत छ । तर वन्यजन्तुका कारण अपेक्षा अनुसार उब्जाउ हुन नसकेको हो । यहा नीलगाई, बदेल र जङ्गली हातीले कृषि बालीमा क्षति गर्दै आएको डिभिजन वन कार्यलय रौतहटले जनाएको छ । यस विषयमा वन कार्यलयले गम्भीर रूपमा लिएको उल्लेख गरेको छ ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]