०३ बैशाख २०८२, बुधबार

जनकपुरधाममा केआईआईटीका विद्यार्थीहरुले लगाए वी वान्ट जस्टिसको नारा

जनकपुर । जनकपुरधाम केआईआईटीका विद्यार्थीहरुले जुलुस निकालेका छन् । भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत धनुषाका तीन दर्जनबढी विद्यार्थीहरुले शनिबार जनकपुरधाममा विरोध जुलुस निकालेका छन् ।

प्रकृति लम्सालको हत्या र नेपाली विद्यार्थीहरुमाथि भएको दुर्व्यवाहरप्रति नेपाल सरकारले खेल्नु पर्ने भूमिका सन्तोषजनक नरहेको भन्दै विद्यार्थीहरुले विरोध स्वरुप जुलुस निकालेका छन् ।

उनीहरुले वी वान्ट जस्टिस, नेपाली विद्यार्थी कुट्न पाइदैन, नेपाल सरकार ध्यान दे, केआईआईटी युनिभर्सीटि मुर्दाबाद लगायतका नारा लगाउँदै जनकपुरधामस्थित जानकी मन्दिर प्राङगनबाट जुलुस निकालेर नगर परिक्रमा गरेका छन् ।

विद्यार्थीहरुले दुबै देशबीच समन्वय भइसकेको भन्ने समाचारमा आएतापनि आफूहरुले अहिलेसम्म कुनै लिखित रुपमा पत्र वा मेल प्राप्त नगरेकाले, सुरक्षाको अनुभुती हुन नसकेको बताए । उनीहरुले सुरक्षा र पढाइको ग्यारेन्टि नहुनजेल र लिखित रुपमा कुनै प्रमाण नपाउनजेल भारत नफर्किने जानकारी दिए ।

प्रकृति लम्सालले आत्महत्या गर्नुमा कलेज नै प्रथम दोषी भएको विद्यार्थीहरुको आरोप छ ।

केआईआईटी
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]