०३ बैशाख २०८२, बुधबार

विराटनगरकाे गाेल्डेन हस्पिटल प्रा.लीले १४औं वर्षमा प्रवेश गरेको छन्

देवराज यादव। विराटनगरकाे गाेल्डेन हस्पिटल प्रा.लीले १४औं वर्षमा प्रवेश गरेको छन् ।

विराटनगरकाे हस्पिटल चाेक स्थित सञ्चालित गोल्डेन हस्पिटल प्रा.लीले विराटनगर वडा नम्बर -११ जनपथ टाेलमा आफ्नै नयाँ भवनमा वार्षिकोत्सब आज सम्पन्न गरेको छ ।उक्त हस्पिटल १०० शैयाको स्वास्थ्य सेवामा नवीनतम प्रविधि अपनाउँदै कृत्रिम बुद्धिमत्ता ( एआई ) एकीकृत १९२ स्लाइस सिटी स्क्यान, एमआरआई, मोड्युलर ओटी, एडभान्स आईसीयू, एनआईसीयू, र एचओसीयू जस्ता अत्याधुनिक उपकरण उपलब्ध गराएको छ।गोल्डेन हस्पिटलले कोशी प्रदेशका साथै छिमेकी राष्ट्र भारतका बिहार, उत्तर प्रदेश, र पश्चिम बंगालका बिरामीहरूलाई पनि सेवा प्रदान गर्दै आएको छ।

नेपालकै उत्कृष्ट सुपर स्पेसियालिटी टिमसहित अस्पतालले न्यूरो, ट्रमा, र आर ए म्यानेजमेन्ट जस्ता क्षेत्रहरूमा उत्कृष्टता हासिल गरेको जनाएको छन ।अस्पतालले २०८१ साल मंसिरदेखि सिटिइभिटिको सम्बन्धन लिएर डिप्लोमा इन फार्मेसी, पिसिएल नर्सिङ, र पिसिएल जनरल मेडिसिन विषयमा शैक्षिक कार्यक्रम पनि सञ्चालन गराइरहेको छ।

गोल्डेन अस्पतालका सञ्चालक डा. श्याम रौनियारले वार्षिकोत्सवको अवसरमा अस्पताललाई भाडाको घरबाट आफ्नै भवनसम्म ल्याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन ।गोल्डेन अस्पतालले न्यूनतम शुल्कमा आकस्मिक सेवा, अपरेशन, र अन्य उपचार सेवा प्रदान गर्दै आएको छ।

अस्पताल प्रदेशकै उत्कृष्ट भवन, उपकरण, र दक्ष डाक्टरहरूको टिमसहित बिरामीहरूको विश्वास जित्न सफल भएको छ ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]