०३ बैशाख २०८२, बुधबार

भालुले बाख्रा मार्न थालेपछि किसान चिन्तित

तुलसीपुर–  दाङको तुलसीपुर उपमहानगरपालिका–४ स्थित खुमखानीमा भालुले बाख्रा खान थालेपछि किसान चिन्तित भएका छन् । राति बाख्रा खोरमा पसेर बाख्रा मारिदिने र खाइदिने गरेको किसानले बताएका छन् । त्यहाँ अहिलेसम्म पाँच घरका २१ बाख्रा मारिदिएको स्थानीयले बताएका छन् ।स्थानीय निर्मला थापाका सात वटा, थम्मन विकका पाँच वटा, विकास घर्तीका पाँच र पोकबहादुर थापाका चार वटा बाख्रा मारिदिएको छ । भालुले बाख्रा खोर भत्काउन थालेपछि खाना खाने कोठामा बाख्रालाई राख्ने गरिएको स्थानीय पोकबहादुर थापाले बताए ।

‘हामीले पालेका बाख्रा भालुले खोरमा गएर मारिदिने गरेको छ’, उनले भने, ‘अहिले त हामीले खाना बनाउने कोठामा बाख्रा राख्ने गरेका छौँ ।’ खुमखानी सोही वडाको विकट क्षेत्र हो । त्यहाँ प्रहरी पोष्ट नहुँदा पनि यसरी असुरक्षित हुनु परेको उनको भनाइ छ ।विगत एक महिनायता भालुले यसरी सताउने गरेको हो । अहिले बाख्रालाई मार्ने गरेको भए पनि मानिसलाई पनि क्षति हुनसक्ने भन्दै यसमा सचेत हुनुपर्ने स्थानीय अगुवा जीतबहादुर थापाले बताए ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]