२८ चैत्र २०८१, शुक्रबार

माध्यमिकी परिक्रमाको तयारी तीव्र ः मिथिला बिहारीमा महाआरती हुने

जनकपुर । मिथिला क्षेत्रको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्वलाई मध्यनजर गर्दै मिथिला बिहारी महाआरती र मिथिला माध्यमिकी परिक्रमा धुमधामसँग सुरु हँुदैं छ ।यस धार्मिक महोत्सवले नेपाल र भारतका लाखौँ श्रद्धालु र साधुसन्तलाई एकजुट गर्दै एक अद्वितीय धार्मिक यात्रा प्रस्तुत गर्ने विश्वास मिथिला बिहारी महाआरती संरक्षण समितिले लिएको छ ।समितिका अनुसार,फागुन १५ गते बिहीवारदेखि मिथिला माध्यमिकी परिक्रमा विधिवत् रूपले आरम्भ हुनेछ । यस धार्मिक परिक्रमामा हजारौं भक्तजन र साधुसन्तहरू नेपाल र भारतका पवित्र धार्मिक स्थलहरूमा यात्रा गर्दै पुण्य प्राप्ति र आत्मिक शान्ति चाहन्छन् ।

मिथिलाको ऐतिहासिक परम्परा अनुसार परिक्रमा धनुषाको ठेरा कचुरी मठबाट शुरू हुनेछ । त्यसपछि विभिन्न धार्मिक स्थलहरू हुँदै भारतको कल्याणेश्वरसम्म पुग्ने समितिले जनाएको छ । यस परिक्रमाको मुख्य उद्देश्य पाप नाश र पुण्य प्राप्ति हो । धार्मिक स्थलहरूको परिक्रमा गर्दा भक्तजनहरूले झाँकी, भजन र कीर्तन जस्ता धार्मिक क्रियाकलापहरूमा पनि भाग लिनेछन् । यस अवसरमा कञ्चनवन मन्दिरमा होलीको औपचारिक शुरुवात पनि हुनेछ । कञ्चनवनमा भक्तजनहरूले एकआपसमा होली खेल्ने परम्परा रहेको छ ।यस महोत्सवको एक अन्य प्रमुख कार्यक्रम भनेको मिथिला बिहारी महाआरतीलाई लिइएको छ । महाआरती फागुन १४ गते बुधवार साँझ ७ बजे कचुरी मठमा आयोजना गरिने छ । यस भव्य आरतीमा हजारौँ श्रद्धालु र भक्तजन उपस्थित हुने अपेक्षा छ ।

महाआरतीका अवसरमा समग्र मिथिला क्षेत्रभर एक विशेष धार्मिक उत्सवको माहौल हुनेछ । यस महाआरतीले न केवल श्रद्धालुहरूको आध्यात्मिक उन्नति हुनेछ, बरु यस क्षेत्रको सांस्कृतिक धरोहरलाई विश्वभर चिनाउने अवसर पनि प्राप्त हुने विश्वास लिइएको छ ।कलश यात्रा फागुन १४ गते बुधवार बिहान ८ बजे आरम्भ हुने भएको छ भने महाआरती सोही साँझ ७ बजेदेखि हुने मिथिला बिहारी महाआरती संरक्षण समितिले जनाएको छ । त्यस्तै, डोला प्रस्थान फागुन १५ गते विहिबार बिहान ८ बजे मिथिला बिहारी नगरपालिका–८ कचुरी मठबाट गरिने छ ।यस धार्मिक यात्रा र महाआरतीका अवसरमा नेपाल र भारतका भक्तजनहरू एकसाथ आउँदै धार्मिक सहकार्य र सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउन महत्वपूर्ण योगदान दिनेछन् । मिथिला बिहारी महाआरती र माध्यमिकी परिक्रमा एक ऐतिहासिक अवसरको रूपमा रहेका छन् ।समितिले सम्पूर्ण नगरवासी, विद्यार्थी, समाजसेवी, साधुसन्तलाई यस धार्मिक यात्रामा सहभागी हुन र यस महोत्सवलाई सफल बनाउन आग्रह गरेको छ ।

मिथिला क्षेत्रको धार्मिक सांस्कृतिक र ऐतिहासिक
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]