गाडिमा ईभि नै भविष्य होइनः मन्त्रि दाहाल

भौतिक पूर्वाधार तथा यातायात मन्त्रि देवेन्द्र दाहालले गाडिमा ईभि नै भविष्य नभएको बताएका छन्। नाडा अटोमोवाईल्स एशोसिएसन अफ नेपालको (नाडा) ४८औं साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन्।उनले ईभिनै गाडिको भविष्य नभएपनि सरकारले ईभिका लागि पूर्वाधार निर्माणमा काम गरिरहेको बताए।उनले भने, ‘ईभि ब्याट्रीको आगजनीको कुरा उठेको छ । छिट्टै बिग्रने कुरा समेत छ । यी समस्याले गाडिमा ईभि नै अबको भविष्य हो जस्तो लाग्दैन तर ग्लोबल समस्या भइरहेको हुँदा आत्तिनुपर्ने अवस्था छैन।’