२८ चैत्र २०८१, शुक्रबार

प्रधानमन्त्रीको हप्ता दिन : समृद्धिका दर्जन भाषण, कार्यमा शून्यता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो हप्ता उद्घाटन, शिलन्यास र चर्को भाषणमा व्यस्त देखिए ।चैत १ गतेदेखि ८ गतेसम्मका दैनिक गतिविधिहरु प्रधानमन्त्री भाषण र उद्घाटनका कार्यक्रममा मात्र व्यस्त देखिएका छन् । तर ती कुनै पनि कार्यक्रमहरु द्रुत र स्थायी सुधारको संकेत दखिँदैन ।यही कारण ओली नेतृत्वको सरकारप्रति ठूलो प्रश्न उठ्न थालेको छ । ओलीको यो हप्ता विभिन्न कार्यक्रम र उद्घाटनहरूमा सहभागिताजनाए । तर कुनै एक विषयमा पनि ‘स्थायीत्व’ र ‘कार्यमा सुधार’को ठोस कार्यान्वयनका पहलहरू नजरअन्दाज गरिएको देखिन्छ ।

प्रधानमन्त्री ओलीको प्रत्येक कार्यमा बाहिरी रूपमा आकर्षक शब्द र भाषण मात्र देखिन्छन्, तर त्यसको वास्तविक प्रभाव र कामको ठोस मूल्याङ्कन भने लगभग शून्य नै छ । बितेको एक हप्तामा अर्थात चैत १ गतेदेखि ८ गतेसम्म प्रधानमन्त्री ओलीको समय उद्घाटन, निर्देशन र भाषणमा वितेको स्पष्ट देखिन्छ । चैत १ गते प्रधानमन्त्री ओली सगरमाथा संवाद कार्यक्रममा सहभागी भए । जहाँ उनले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौैँमा हुने सगरमाथा संवाद कार्यक्रमलाई चुस्त र दुरुस्त बनाउन निर्देशन दिए ।चैत २ गते ओलीले मदन भडारी कला–साहित्य प्रतिष्ठानद्वारा आयोजित तीनदिने ‘हिमवतखण्ड कला–साहित्य–संस्कृति सम्मेलन–२०८१’ मा सहभागी भए ।

जहाँ उनले हिमवतखण्ड मानव सभ्यतासम्मको इतिहासको भूभाग भएकाले यस भूखण्डको कला–साहित्य–संस्कृतिलाई समेटेर अन्तर्राष्ट्रियस्तरको सम्मिलनको दोस्रो शृङ्खला आयोजना भएकोमा खुसी प्रकट गरे । ओलीले मौलिक संस्कृति नै नेपालीको जग भएको उल्लेख गर्दै यस हिमवत् भूखण्डबाट ज्ञान, योग, गणित, दर्शन र सभ्यताको प्रादूर्भाव भएको बताए । चैत ३ गते ओली उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग परिसङ्घद्वारा आयोजित महिला नेतृत्व सम्मेलन, २०२५ को उद्घाटन गरे ।
जहाँ उनले महिला र पुरुषको समान सहभागिताले मात्र समृद्धि संभव हुने बताए । ओलीले महिला र पुरुषको समान सहभागिताबाट मुलुकको सबै क्षेत्रमा समारात्मक परिवर्तन ल्याउन आवश्यक रहेको बताए ।

यसैगरी चैत ५ गते ओलीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा बैठक सम्पन्न गरे । जहाँ उनले गत आर्थिक वर्षको महालेखा परीक्षकको प्रतिवेदनबारे जानकारी गराइँदै त्यसमा रहेका सुधार्नुपर्ने पक्षहरुमा ध्यान दिन जोड दिए।चैत ६ गते ओलीले माल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता गरे । नेपाल भ्रमणमा रहेका माल्दोभाका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री मिहेल पोप्सोइले शिष्टाचार भेट गरेका थिए ।प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुुईपक्षीय सम्बन्ध र हितका विषयमा छलफल भएको थियो । यसैगरी सोही दिन नै ओली संसद्मा प्रस्तुत गर्न पुगे । जहाँ उनले हरेक सांसदहरुका प्रश्नहरुको जवाफ आखाँ चिम्लेरै दिए । उनले संसदमै यो देश बन्दैन, यहाँ केही बन्दैन भन्ने गलत भाष्य फैलाउनु हुँदैन कसैले भन्दै कडा प्रहार व्यक्त गरे ।

चैत ८ गते ओली नेकपा (एमाले) को जनसंगठन नेपाल उद्योग तथा व्यवसायी महासङ्घको तेस्रो महाधिवेशनको उद्घाटन गर्न पुगे ।जहाँ उद्घाटन गर्दै ओलीले राष्ट्रिय उत्पादन र प्रयोगमा जोड दिँदै देशलाई आत्मनिर्भर बनाउन आग्रह समेत गरे ।
उनले भने,‘राष्ट्रिय उत्पादनमा जोड र हाम्रा आवश्यकताहरु उपभोग्य वस्तुहरु हामी आफै तयार गर्न सकौं भन्ने हो । आत्मानिर्भरतामा देशलाई लैजान सकौं भन्ने जोड र निर्यातलाई जोड, आयातलाई प्रतिस्थापन गर्नका लागि धागो उत्पादन कपडा र मोजा उत्पादन गर्न जरुरी छ । बिहान उठ्ने वित्तिकै आफ्नै देशको उत्पादन ब्रस र मन्जनले मुख सफा गर्न पाउँदा पनि कति खुसी हुन्थ्यो तर त्यो पनि स्थिति छैन । स्वदेशी उत्पादनलाई वृद्धि गर्नुपर्ने छ । हाम्रा उत्पादीत वस्तुहरुपनि प्रयोग गर्ने जनताले बानी बसालौं ।’सारांशमा, प्रधानमन्त्री ओलीको पछिल्लो हप्ता निश्चित रूपले असल गतिविधिहरूको चाँदीको पत्र हो, तर त्यसको भित्री तात्त्विकता शून्य छ । महत्त्वपूर्ण योजनाहरूका बारेमा उनलाई आवश्यक नेतृत्व लिने गरेपनि परिणाम सन्तोषजनक देखिएको छैन् । उनको प्राथमिकता भनेको देशको वास्तविक हित होइन, केवल आफूलाई ठूलो देखाउने र कसमसाउने नै रहेको बुझ्न सकिन्छ ।

ओलीको पछिल्लो हप्ता उद्घाटन शिलन्यास र चर्को भाषण
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]