२८ चैत्र २०८१, शुक्रबार

समयमै गुणस्तरीय निर्माण गर्न ठेकेदारलाई निर्देशन: स्वकीय सचिव सिंह

सम्सी, महोत्तरी – सम्सी गाउँपालिका १ अन्तर्गत पर्सा बजार हाइवेदेखि पिपरिया टोल हुँदै खखनासम्मको सडक पक्की ढलान निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ।

आज भौतिक पूर्वाधार विकास मन्त्री सरोज यादवका प्रमुख स्वकीय सचिव रञ्जित कुमार सिंहले इन्जिनियरहरूको टोली र ठेकेदारको टोलीसहित निर्माणस्थलको स्थलगत निरीक्षण गरेका छन्।

सडक निर्माणको लागि आवश्यक सबै प्रक्रियाहरू पूरा गरी ठेक्का सम्झौता भइसकेको छ। अब निर्माण कार्यले तीव्रता पाउनेछ। यो सडक निर्माण सम्पन्न भएपछि स्थानीय जनतालाई आवतजावतमा सहजता हुनुका साथै यस क्षेत्रको विकासमा पनि सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।

मन्त्री यादवका स्वकीय सचिव सिंहले समयमै गुणस्तरीय काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन्। उनले भने, “यो सडक यस क्षेत्रका जनताको लागि महत्वपूर्ण छ, त्यसैले यसको निर्माण कार्यलाई प्राथमिकतामा राखेर सम्पन्न गर्नुपर्छ।”

स्थानीय बासिन्दा पनि सडक निर्माण कार्य सुरु भएकोमा उत्साहित देखिएका छन्। उनीहरूले समयमै काम सम्पन्न हुनेमा आशा व्यक्त गरेका छन्।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]